२० भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपबारे प्रमोद खरेलको प्रश्न- देशको झण्डा छातीमा बोकेको मान्छेलाई हल्ला नगरी कानूनी प्रक्रियामा जादाँ के बिग्रन्छ?



अ+ अ-

काठमाडौं । चर्चित गायक प्रमोद खरेलले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि अन्तर्राष्ट्रिय आतंकवादी सरह केही तत्वहरू हात धोएर लागि परेको टिप्पणी गरेका छन् ।

यौनजन्य कसुरको आरोप खेपिरहेका लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा खरेलले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेका हुन् ।

उनले सन्दीपमाथि अन्तर्राष्ट्रिय आतंकवादीको जस्तो व्यवहार भइरहेको गुनासो समेत गरेका छन् । देशको झण्डा छातीमा बोकेको मान्छेलाई होहल्ला नगरी आवश्यक कानूनी प्रक्रियामा जानुपर्ने उनको सुझाव छ ।

प्रमोद लेख्छन्- ‘मानौं ऊ अन्तर्राष्ट्रिय आतंकवादी हो, केही तत्व ९सबै होइन० हात धोएर लाग्या छन् । कानूनी प्रक्रिया पुर्‍याएर काम गरे त हुन्छ होला, जे सजाय पाउने हो पाउँछ नै यदि दोषी भए ।देशको झण्डा छातीमा बोकेको मान्छेलाई होहल्ला नगरी आवश्यक कानूनी प्रक्रियामा जादाँ कसैको के बिग्रन्छ र ? कि के हो ?’