• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

खुल्यो चिनियाँ नाका, रसुवागढीबाट आजदेखि आयात सुरु



फाईल फोटो

काठमाडौँ । चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुको चार दिने नेपाल भ्रमण सकिएलगत्तै बन्द भएका चिनियाँ नाका खुलेका छन् ।

तीब्बतमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै चीनले तिब्बतमा भदौ महिनाको पहिलो सातादेखि नाका बन्द गरेको थियो । नाका बन्द भएको करिब एक महिनापछि आजदेखि रसुवागढी नाकाबाट चीनले रोकिएका कन्टेनर छाड्न लागेको हो ।

चीनले हाल दुई वटा चिनियाँ नाका खुला गरेको छ । तातोपानी भन्सार नाका यही साताको शनिबारदेखि आंशिकरुपमा भए पनि खुलिसकेको छ । त्यहाँबाट केही सामान नेपाल भित्रिन थालेको छ । शनिबारदेखि यता अहिलेसम्म १५ कन्टेनर सामान नेपाल भित्रिसकेको छ ।

नेपाल भ्रमणमा रहेका चान्सुसमक्ष नेपालका सबै नेताले नाकामा भएको अवरोध हटाउन अनुरोध गरेका थिए । सोही अनुरोधलाई सम्बोधन गर्दै चीनले हाललाई दुई वटा नाका खोलेको बताइएको छ ।