५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न सकिँदैनः उद्योगमन्त्री बडू

आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न सकिँदैनः उद्योगमन्त्री बडू
अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न नसकिने बताउनुभएको छ ।

बुधवार उद्योग मन्त्रालयमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रममा बोल्दै उद्योगमन्त्री बडूले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय मुलुक आयातमा निर्भर भएको अवस्थाामा उत्पादन र उपभोग बढाउन सकिएन भने देशको अर्थतन्त्र धराशायी हुने बताउनु भयो ।

मन्त्री बडूले सरकारले अहिले भइरहेको आयात कम गर्न नसके अर्थचतन्त्रलाई माथि उकास्न नसकिने दाबी गर्नुभयो । उहाँले देशको अर्थतन्त्र सुधारका लागि प्रधानन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमले प्रभावकारी भुमिका खेल्ने बताउनु भयो । उहाँले नेपाल कृषिमै परनिर्भर भएको अवस्थामा समग्र अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको अहम भुमिका हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ वर्तमान मुलुकको अर्थतन्त्रमा देखिएका समस्याको निकास उद्योगको क्षेत्रबाट कसरी दिन सकिन्छ । अहिले मुलुक आयातमा निर्भर बन्दै गएको अवस्था र निर्यात सरकारले अपेक्षा गरे अनुसार बढ्न नसकेको अवस्था छ । आयातमा निर्भर हुने अर्थतन्त्रलाई उकास्नको निम्ति मुलुक भित्रको उद्योगलाई व्यापक रुपमा बढाउन सकेनौं र रोजगारी सिर्जना गर्न सकेनौं र नेपाली उत्पादन वस्तुहरुको उपभोग पनि बढाउन सकेनौं भने सरकारले आयातलाई व्यवस्थापन गर्न नसक्ने निस्कर्ष रहेको छ ।

सरकार क्रमशः आयातलाई प्रतिस्थापन गर्ने रणनीतिमा जान सकेनौं भने मुलुकको अर्थतन्त्र उकास्न सकिँदैन । यो एउटा योजना एउटा आर्थिक वर्षमा नै पूरा हुन्छ भन्ने होइन । तर केही वर्षभित्र मुलुकको आर्थिक अवस्था सुधार गर्नको लागि प्रधानमन्त्रीसँग जोडेर प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा अगाडि बढाएको हो । मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणालाई प्राथमिकता मानेका छौं । १० वर्षमा एउटा परिणामा पुग्नसक्छौं ।’

मन्त्री बडूले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमको निरन्तरताले करिव १० वर्षमा उद्योगको क्षेत्रमा एउटा परिणाम ल्याउने बताउनु भयो ।