• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   बजेटले आशा जगाउन सकेन: राजेन्द्र लिङ्देन ★   शान्ति कोष स्थापना गर्न रु एक अर्ब ★   किर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिलाई तिब्रता दिइने ★   सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको निर्णय ★   सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने ★   आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट आकार १८ खर्ब ६० अर्ब ३० रुपैयाँ-पूर्णपाठ सहित ★   आर्थिक वर्ष २०८१/०८२ को बजेटको ५ प्राथमिकता ★   भौतिक पूर्वाधारमा १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन ★   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ८६ अर्ब २४ करोड ★   सहकारीको सञ्चालकको सम्पती बेचेर भएपनि ५ लाख रुपैयाँ सम्मको वचत फिर्ता गर्ने सरकारको घोषणा

नबिल बैंकद्वारा ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक



काठमाडौँ । नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक गरेको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक गरेको हो । ‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम भएको बैंकले जानकारी दिएको छ । नबिल जेन अल्फा’ एपमार्फत अभिभावकहरूले आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्नेछन् ।

पत्रकार सम्मेलनमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले नबिल जेन प्रोडक्टले तरलता अभावको बेला घरघरमा रहेको रकम बैंकिङ प्रणालीमा भित्र्याउन सहयोग पुग्ने बताउनु भयो । उहाँले नेपालमै पहिलोपटक बालबालिकालाई लक्षित गरेर डिजिटल खुत्रुकेको रुपमा नबिल जेन शुरु गरेको बताउनु भयो । सिइओ ढुंगानाले बालबालिका सामाजिक सञ्जालमा मात्रै झुम्मिने अवस्था अन्त्य गर्न यो प्रोडक्टले सहयोग पुग्ने तथा बालबालिकालाई वचत गर्ने बानी बसाउने दाबी गर्नुभयो ।

त्यस्तै, बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बालबालिकाहरुलाई पनि वचतसँग जोड्नको लागि सहज बनाउन एप सार्वजनिक गरिएको बताउनु भयो । उहाँले देशको विकास गर्नको लागि अहिलेदेखि बालबालिकाहरुलाई समेत जिम्मेवार बनाउनुपर्ने बताउनु भयो । अध्यक्ष पौडेलले अहिलेदेखि नै बालबालिकाहरुलाई वचत गर्ने बानी राख्ने प्रयास बैंकले गरेको बताउनु भयो ।

बालबालिकाहरुले दिइएको कार्य सम्पादनपछि अंक कमाउन सक्छन् र त्यही अंक लिंक गरिएको खातामा पैसाका रुपमा वचत हुने प्रावधान रहेको छ । यो स्कीममार्फत बालबालिकाहरुलाई जीवन सीप र वचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ । नबिल जेन अल्फा वचत खाताबाट बालबालिकाहरुलाई आफ्नो पढाईका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यसतर्फ उत्प्रेरित गराउन सहयोग पु¥याउने बैंकले विश्वास लिएको छ ।