९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिक सुधारका लागि रु १० लाख सहयोग गर्ने अध्यक्ष ओलीको घोषणा



अ+ अ-

काठमाडौ ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिका–१९ मा स्थापित ‘वडाध्यक्ष शैक्षिक विकास’का लागि रु १० लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

उक्त वडामा कुनै पनि बालबालिका आर्थिक समस्याका कारण शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले वडाध्यक्ष उत्तमबहादुर राउतले आफूले पाउने तलब सुविधा जम्मा गरी कोषको थालनी गरेको हो ।

निर्माणाधीन सो वडास्थित भिराडिल खाइके साकुरा पार्क अवलोकनपछि आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उक्त रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, “यो धर्तीमा काम नलाग्ने कुनै पनि त्यस्तो मानिस, वस्तु  वा ठाउँ हुँदैन, त्यसको उदाहरण यो पार्क हो ।” कार्यक्रममा अध्यक्ष ओलीका श्रीमती राधिका शाक्य, सांसद कृष्णगोपाल श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो । रासस