काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको घाँटीको देब्रे भागमा ट्यूमर देखिएको छ ।
स्वास्थ्यमा समस्या आएपछि भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत गिरीको देब्रेतर्फको घाँटीको नलीबाहिर सानो आकारको ट्यूमर देखिएको हो ।
ट्यूमर अन्त कतै नफैलिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको चिकित्सकले जनाएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता गिरि एक साताअघि उपचारका लागि मुम्बई गएका थिए ।
नेता गिरीलाई कांग्रेस उपसभापति विमलेन्द्र निधिले बिहीबार मुम्बई गई भेट गरेका छन् ।











