• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

भारतमा बाइकमा आएका २ व्यक्तिले हाइवेमै ११ जनामाथि गोली चलाउँदा एकको मृत्यु, अन्य घाइते



एजेन्सी । भारतको बिहारस्थित बेगुसरायमा मंगलबार साँझ ६ बजे नेशनल आइवे २८ मा मोटरसाइकल सवार दुई व्यक्तिले गोली चलाएका छन् ।

दुवै आतङ्ककारीले ३० किलोमिटरको दायराभित्र गोलीबारी जारी राखेका थिए । ती आतंककारीले बाटोमा जो आयो उसैलाई गोली प्रहार गर्दा ११ जनालाई गोली लागेको छ ।

गोली प्रहारबाट पञ्चायत समिति सदस्य अमित कुमारको मृत्यु भएको छ भने निजी फाइनान्सका कर्मचारीसहित १० जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । भारतमा अमेरिकाजस्तै यस्तो सामूहिक गोलीबारी भएको सायद यो पहिलो घटना हो ।

प्रहरीले समस्तीपुरबाट २ जनालाई पक्राउ गरेको छ । भाजपाले आज बेगुसराय बन्दको आह्वान गरेको छ । केन्द्रीय मन्त्री गिरिराज सिंहले नितिश कुमारको राजीनामा मागेका छन् । एसपीले यस विषयमा प्रहरीको लापरवाही स्वीकार गरेका छन् भने ७ प्रहरी निलम्बित भएका छन् ।

एनएच २८ मा, कालो हेलमेट र सेतो शर्ट लगाएका एक व्यक्ति मोटरसाइकलमा सवार थिए, पछाडि बसेका युवकले निर्मम रूपमा गोली चलाइरहेका थिए । दुवै आक्रमणकारीले ४० मिनेटमा ३० किलोमिटरसम्म गोली हानेका थिए । यस क्रममा उनले ११ जनालाई गोली हाने ।

यसैबीच, समस्तीपुरको उजियारपुर प्रहरीले मंगलबार राति राष्ट्रिय राजमार्ग–२८ स्थित बहिरा चोक नजिकै सवारी चेकजाँचका क्रममा मोटरसाइकलमा सवार दुईजना लुटेरालाई पक्राउ गरेको छ । दुवैको साथबाट पेस्तोल र भारी कारतूस बरामद भएको छ । दुवैको उमेर २५–२६ वर्षको हाराहारीमा छ ।

बेगुसरायमा यी दुईले गोली चलाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सोधपुछका क्रममा दुवैले गोली चलाएको घटनाबाट आफूलाई टाढै राखेका छन् । दुवै बेगुसराईका बासिन्दा रहेको बताइएको छ ।