• २४ जेष्ठ २०८०, बुधबार
  •      Wed Jun 7 2023
  •   Unicode
Logo
Latest
★   विश्वमा सबैभन्दा लामो नाक भएका व्यक्ति ★   विश्वमा हरेक वर्ष ४३ करोड टन प्लास्टिक बन्दै, यसबाट मानव जीवनमा के–के असर पुगेको छ… ★   ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सम्भव छैन: अध्यक्ष यादव ★   फास्ट ट्रयाक निर्माणको बजेट रक्षा मन्त्रालयमा पठाऔँ: सांसद महासेठ ★   बजेटलाई आर्थिक र समयको अनुशासनमा बाँध्ने कोशिस भएको छ: सांसद बडू ★   सभामुखले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेर बैठक चलाएको सांसद दाहालको आरोप ★   आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित होइन्: प्रधानमन्त्री दाहाल ★   नक्कली भूटानी शरणार्थी प्रकरण: प्रतिवादीतर्फको बहस जारी ★   प्रतिनिधिसभाको शून्य समय: नागरिकता विधेयकदेखि सुकुम्बासीका समस्यासम्म ★   ‘आदिपुरुष’को अन्तिम ट्रेलर सार्वजनिक

सत्यनिरुपण विधेयक: सहमति खोज्न कार्यदल गठन



काठमाडौँ । मानवअधिकार समितिको बैठकले सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमा सहमति खोज्न संसदको कार्यदल गठन गरेको छ ।

सात सदस्यीय कार्यदलमा नेकपा (एमाले) को बाट शेरबहादुर तामाङ र विमला विक, नेपाली कांग्रेसबाट मीन विश्वकर्मा र अतहरकमाल मुसलमान, नेकपा (माओवादी केन्द्र) बाट देव गुरुङ र वर्षमान पुन तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट लक्ष्मणलाल कर्ण सदस्य छन् ।

बुधबार दिउँसो कार्यदलको बैठक बस्नेछ । कार्यदललाई आजै बस्ने अपराह्न ४ बजे बस्ने बैठकमा मस्यौदामा सहमति जुटाउन मुख्य जिम्मेवारी दिइएको जनाइएको छ ।

समितिको आज बस्ने पूर्ण बैठकबाट सो विधेयक पारित गरेर आजै प्रतिनिधिसभामा विधेयकको प्रतिवेदन पेश गर्ने सरकार र सत्तारुढ दलहरुले तयारी गरेका छन् । यद्यपि केही प्रावधानमा दलहरुबीच सहमति जुट्न सकेको छैन ।

एमालेले विधेयकमा उल्लेख गरिएको द्वन्द्वकालीन समयका घटनाका हत्यालाई गम्भीर मानव अधिकार उल्लंघनभित्र राखेर परिभाषित गर्नुपर्ने अडान राखेको छ ।

सो अडानमा निकास खोज्न हत्याको प्रकृतिलाई वर्गीकरण गर्ने प्रस्ताव केही दलले राखेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोही मध्यमार्गी प्रस्तावउपरको छलफलमा भाग लिन पहिलोपटक मानव अधिकार समितिको बैठकमा सहभागी हुनुभएको थियो ।