५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्यनिरुपण विधेयक: सहमति खोज्न कार्यदल गठन



अ+ अ-

काठमाडौँ । मानवअधिकार समितिको बैठकले सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमा सहमति खोज्न संसदको कार्यदल गठन गरेको छ ।

सात सदस्यीय कार्यदलमा नेकपा (एमाले) को बाट शेरबहादुर तामाङ र विमला विक, नेपाली कांग्रेसबाट मीन विश्वकर्मा र अतहरकमाल मुसलमान, नेकपा (माओवादी केन्द्र) बाट देव गुरुङ र वर्षमान पुन तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट लक्ष्मणलाल कर्ण सदस्य छन् ।

बुधबार दिउँसो कार्यदलको बैठक बस्नेछ । कार्यदललाई आजै बस्ने अपराह्न ४ बजे बस्ने बैठकमा मस्यौदामा सहमति जुटाउन मुख्य जिम्मेवारी दिइएको जनाइएको छ ।

समितिको आज बस्ने पूर्ण बैठकबाट सो विधेयक पारित गरेर आजै प्रतिनिधिसभामा विधेयकको प्रतिवेदन पेश गर्ने सरकार र सत्तारुढ दलहरुले तयारी गरेका छन् । यद्यपि केही प्रावधानमा दलहरुबीच सहमति जुट्न सकेको छैन ।

एमालेले विधेयकमा उल्लेख गरिएको द्वन्द्वकालीन समयका घटनाका हत्यालाई गम्भीर मानव अधिकार उल्लंघनभित्र राखेर परिभाषित गर्नुपर्ने अडान राखेको छ ।

सो अडानमा निकास खोज्न हत्याको प्रकृतिलाई वर्गीकरण गर्ने प्रस्ताव केही दलले राखेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोही मध्यमार्गी प्रस्तावउपरको छलफलमा भाग लिन पहिलोपटक मानव अधिकार समितिको बैठकमा सहभागी हुनुभएको थियो ।