९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता

सुनिन छाडे गाउँघरमा दोहोरीको भाका

सुनिन छाडे गाउँघरमा दोहोरीको भाका
अ अ+ अ-

रामपुर । कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो भीड लाग्दथ्यो । कलाकारले माया, प्रेम, मिलन, विछोडका टुक्का निकालेर हाँसो, रोदन तथा ठट्यौली शैलीमा दोहोरी गाउँदा दर्शकहरू गीतमा डुबुल्की मार्दथे ।

वल्लो पिँढी र पल्लो पिँढी दुई समूह (पुरुष र महिला) बसेर रातभर दोहोरी गाउँदा गाउँ नै घन्किने गरेको अनुभव सुनाउनुहुन्छ, कलाकार हरि पोखरेल । आजभन्दा करिब एक दशक अघिसम्म रामपुर क्षेत्रमा सत्यनारायण पूजा, श्री स्वस्थानी व्रतकथा होस् या सन्तान जन्मेको खुसीयालीमा छैँठी, न्वारन, पास्नीमा रातभर दोहोरी गाउने गरिए पनि अहिले भने यो चलन पूर्णरूपमा हराएर गएको उहाँले बताउनुभयो ।

“रातको समय दोहोरी गाउँदा बिहान उज्यालो भएको पत्तो हँुदैनथ्यो, खैँजडी, मजुरा, मादलको तालमा दोहोरीमा हाँसो ठट्यौली गर्दै धेरै रात बिते”, उहाँले भन्नुभयो, “हिजो गीत गाउने दौँतरी कोही घर गृहस्थीमा लागे, कोही कलाकारितामै रमेका छन्, पहिलेजसो दोहोरीको गाउँमा अहिले झम्को हुनै छाड्यो ।”

उहाँ दोहोरी गाउनमा बढी रुचि राख्नुहुन्छ । विभिन्न जिल्लामा पुगेर दोहोरी गाएर उत्कृष्ट पुरस्कार प्राप्त गर्नुभएको छ । अहिले भने आफूलाई दोहोरी गाउने इच्छा भए पनि वातावरण नहुँदा प्रतिभा नै ओझेलमा परेको गुनासो पोख्नुहुन्छ । “कला संस्कृतिको प्रोत्साहनका लागि निश्चित बजेट व्यवस्थापन गरेर कला देखाउने माध्यम बनाउनुपथ्र्यो तर स्थानीय सरकारबाट यससम्बन्धी केही कदम हुन सकेन, देखावटीका लागि नगर प्रोफाइल तयार पारे पनि त्यसमा विस्तृतमा संस्कृति नसमेटिने हुँदा यहाँका कला संस्कृति ओझेल परेको छ”, कलाकार पोखरेलले भन्नुभयो ।

पहिला गाउँघरमा सन्तान जन्मेको खुसीयालीमा छैटीँ, न्वारन, पास्नी, सत्यनारायण पूजा, स्वस्थानी व्रतकथा, विभिन्न सङ्घसंस्थामा गरेको उन्नति प्रगतिको खुसीयाली, धार्मिक तथा शुभकार्यमा रातभर दोहोरी गाउने प्रचलन थियो । यसरी दोहोरी गाउने प्रचलन हट्दै जाँदा प्रतिभा भएर पनि बाहिर निकाल्ने माध्यम नपाउँदा कलाकारितामा रुचि राख्नेहरू अवसरको पर्खाइमा छन् । अहिले भने बढ्दो आधुनिकताको मोहसँगै परम्परागत कला संस्कृति लोप हुँदै गएको छ ।

कलाकारलाई जमघट हुने माध्यम भनेको दोहोरी साँभm हो । रामपुरमा दोहोरी साँभmको विकास नभएकाले कलाकारिता क्षेत्रको विकास हुन नसकेको कलाकार बताउँछन् । यहाँ गायन, बाद्यवादन, हाँस्य कलाकार, अभिनय, नृत्यलगायतका विभिन्न विद्यामा रुचि राख्ने धेरै छन् । राजनीतिब नेताको अभिनय गर्न कलाकार प्रदीप कँडेल सिपालु हुनुुहुन्छ । सानैदेखि कलाकारितामा रुचि राख्ने उहाँ आफूले प्रतिभा देखाउन चाहना गरे पनि अवसर नपाएको बताउनुहुन्छ ।

स्थानीय सरकारले आधारभूत तह ९कक्षा १–८ सम्म० अतिरिक्त विषयअन्तर्गत कला संस्कृतिसम्बन्धी एउटा विषय समावेश गरेमा कलाकारिता क्षेत्र अगाडि बढ्ने उहाँले बताउनुभयो । कलाकार कँडेल विभिन्न गीत– सङ्गीतका म्युजिक भिडियो छायाङ्कन तथा निर्देशन गर्ने, सम्पादन गर्ने, टेलिशृङ्खलामा कथा लेख्ने गर्नुहुन्छ । करिब एक दशकदेखि कलाकारिता क्षेत्रमा पाइला चाल्नुभएका उहाँ अहिले डकुमेन्ट्री, वेवसिरिज बनाउने कार्यमा व्यस्त हुनुहुन्छ ।

यस क्षेत्रमा विभिन्न विधामा प्रतिभाशाली व्यक्ति भए पनि आफ्नो कला, गला प्रस्फुटन गर्ने अवसर नपाएको, स्थानीय तहमा पालिकाले प्रस्फुटन गर्ने माध्यम र यसै भूमिमा जन्मेर ख्यातिप्राप्त गरेका राष्ट्रिय कलाकारले अबका नयाँ पुस्तालाई बाटो देखाइदिनुपर्ने लोकदोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा क्षेत्र नं १ का पूर्व क्षेत्रीय अध्यक्ष प्रेमप्रकाश श्रेष्ठ बताउनुहुन्छ ।

“कला संस्कृतिको संरक्षणमा स्थानीय सरकारले देखिने गरी काम गर्न सकेन, स्थानीय प्रतिभा सिधै प्रदेश र केन्द्रसँग जोडिन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “व्यक्तिमा लुकेर रहेको प्रतिभा देखाउने अवसर स्थानीय सरकारले खडा गरेमा राष्ट्रियस्तरसम्म पुग्ने प्रतिभावान् कलाकार धेरै निस्कन्छन् ।” उहाँका अनुसार यहाँ अवसर नपाउँदा राष्ट्रियस्तरसम्म पहिचान बनाउन सक्ने व्यक्ति ओझेलमा परेका छन् । लोकदोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा क्षेत्र नं १ पाल्पाले केही समय पहिले स्थानीयस्तरमा लुकेर रहेका कलाकारलाई जमघट गराउने, विभिन्न कार्यक्रम आयोजना गरी प्रतिभा प्रस्फुटन गराउने कार्यले यहाँका कला र गला भएका व्यक्ति उत्साहित थिए । अहिले भने संस्था निस्क्रिय अवस्थामा रहँदा पहिलेजसो कलाकारिता जुर्मुराउने माध्यम छैन ।

कला संस्कृतिको संरक्षणका लागि रामपुरभित्र रहेका सबै जातजातिको मौलिक संस्कृतिलाई समावेश गरेर नगर प्रोफाइल तयार पारेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “स्थानीय कला संस्कृतिको संरक्षण गर्दै रामपुर क्षेत्रमा मगर समुदायको बाहुल्यता रहेकाले मगर दिवसका दिन वर्षमा एक दिन स्थानीय सरकारले सार्वजनिक बिदा दिने गरेको छ, लोपोन्मुख अवस्थामा रहेका कला संस्कृतिको जगेर्ना गर्न वडा तथा नगरको तर्फबाट विभिन्न क्रियाकलाप हुने गरेको छ ।”

आर्थिक वर्ष २०७९÷८० का लागि रामपुर नगरपालिकाको नीति तथा कार्यक्रममा ‘संस्कृति प्रवद्र्धन’ शीर्षकमा नगरपालिकाभित्रका सबै जातजाति, भाषा, धर्म, मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने नीति अवलम्बन गरिने, जाति र स्थान विशेषका धार्मिक तथा संस्कृतिको संरक्षण संवद्र्धन गर्नका लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने समेटिएको छ ।

साथै कला, सङ्गीत र साहित्यको संरक्षण र प्रवद्र्धन गर्ने नीति लिइने, सबै प्रकारका मठमन्दिर, मस्जिद, चर्च तथा गुम्बालगायतका धार्मिक संरचना संरक्षण तथा संवद्र्धनका लागि भौतिक अवस्था पहिचान गरी आवश्यकताका आधारमा भवन निर्माण÷मर्मत शीर्षकमा रकम विनियोजन गरिने यस वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।

रामपुर क्षेत्रमा जन्मिएका कलाकार राष्ट्रियस्तरसम्म ख्याति कमाउन सफल बनेका धेरै छन् भने केहीले यस क्षेत्रमा बामे सर्दैछन् । नारायण खनाल लेकाली, बद्री पङ्गेनी, खेम राना, कल्पना देवकोटा, लक्ष्मण देवकोटा, माधव भण्डारी, मोहन खड्का, विमल सुनार, प्रेमकुमार गैरे, विमला गैरे, ज्ञानु ठाडा, हुम बिसी, डिबी कालिज, कल्पना रेग्मी, कमल ज्योति, हरि पोखरेल, युवराज रेग्मी, विनोद पोखरेल, आरती विकलगायतका कलाकारले कलाकारितामा आफ्नो पहिचान बनाउनुभएको छ ।

स्थानीय सकारकाले हरेक वडास्तरदेखि नै संस्कृति संरक्षण गर्न जोड दिएर विभिन्न कार्यक्रम गर्नुपर्ने, चलनचल्तीमा आएका सबै संस्कृतिलाई समय मिलाएर बेला–बेलामा प्रस्तुत गरेमा कला देखाउने माध्यम बन्नेछ । यहाँ ब्राम्ह्ण, मगर, नेवार, कुमाललगायतका विभिन्न जातजाति, समुदायको आ–आफ्नै खालको कला संस्कृति छ । सोरठी, मारुनी, कौरा, झ्याउरे, भजन, चुड्काजस्ता संस्कृति विभिन्न मेला, पर्वमा मात्रै देखाइने गरिन्छ ।

कला संस्कृतिको विकास नहुँदा गाउँघरमा हुने सभा, महोत्सव, वार्षिकोत्सवलगायतका कार्यक्रममा मात्रै देखाइने गरिन्छ । कला संस्कृतिको धनी रामपुर भए पनि यहाँका संस्कृतिलाई उजार गर्दै राष्ट्रियस्तरसम्म पुग्न सक्ने सम्भावना बोकेका कलाकारलाई नगर सरकारबाट प्रोत्साहनमूलक कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । रासस