१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

उपमहानगरका कर्मचारीलाई खेम्स क्वालिटीको सरसफाइ तालिम

उपमहानगरका कर्मचारीलाई खेम्स क्वालिटीको सरसफाइ तालिम
अ अ+ अ-

धनगढी । धनगढी उपमहानगरपालिकाका सरसफाइ कर्मचारीलाई नगरको गुणस्तरीय सरसफाइसम्बन्धी तालिम प्रदान गरिएको छ ।

नेपालमा सरसफाइसम्बन्धी अभियान सञ्चालन गर्दै आएको खेम्स क्वालिटीद्वारा उपमहानगरपालिका कार्यालयका ४१ र धनगढी विमानस्थलमा कार्यरत छ जना सरसफाइकर्मीलाई गुणस्तरीय सरसफाइसम्बन्धी १० दिने तालिम प्रदान नगरिएको हो ।

उक्त तालिमका सहभागीलाई उपमहानगनगरपालिकाका प्रमुख गोपाल हमाल र खेम्स क्लालिटीका प्रबन्ध निर्देशक खेम शर्माले सोमबार महानगरपालिकामा आयोजित एक कार्यक्रममा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सो अवसरमा उपमहानगर प्रमुख हमालले सरसफाइका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति आर्जन गरेको खेम्स क्वालिटीबाट १० दिनसम्म आर्जन गरेको सीपलाई आफ्नो काममा प्रयोग गरी महानगरलाई सफा पार्ने अभियानमा लागि पर्न सरसफाइकर्मीलाई आग्रह गर्नुभयो । उहाँले उपमहानगरका कर्मचारी नगर सफाइका क्षेत्रका उदाहरणीय भएर काम गर्नुपर्ने भन्दै काममा आधारमा कर्मचारीको मूल्याङ्कन गरिने बताउनुभयो ।

खेम्स क्वालिटीका खेम शर्माले तालिमबाट सिकेको अनुभवलाई व्यवहारिकरूपमा आफूले आफ्ना काममा उपयोग गर्नेछु भनी सहभागीलाई शपथ गराउँदै आफ्ना कामका बारेमा सुनेर आफूलाई महानगरका कर्मचारीलाई तालिम दिने कामका लागि आमन्त्रण गर्नुभएकामा प्रमुख हमलालाई धन्यवाद दिनुभयो ।

गैरआवासीय नेपाली सङ्घका सरसफाइ अभियन्ता शर्माले नेपालमा सरसफाइसम्बन्धी तालिमको अभाव मात्र नभएर सरसफाइमा प्रयोग हुने उचित औजार र आवश्यक गुणस्तरीय सामानको पनि अभाव रहेको बताउँदै सरसफाइका कामको समय–समयमा अनुगमन हुनुपर्ने सुझाव दिनुभयो ।

सो तालिममा सहभागी सरसफाइकर्मी जशोदा राना र सीता रानाले आफूहरूले सरसफाइ गर्दा अपनाउनुपर्ने तारिका, प्रयोग गरिने सामग्री र निर्मलीकरण गर्ने तरिका राम्रोसँग सिकेको र अब त्यसलाई व्यवहारिक प्रयोगमा ल्याइने बताउनुभयो । खेम्स क्वालिटीले यही सरसफाइ अभियानअन्तर्गत यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, आन्तरिक विमानस्थल, पशुपतिनाथ मन्दिर परिसर, नगरिक उडड्यन प्राधिकरणका सरसफाइसम्बन्धी कर्मचारीलाई तालिम दिएको र धुलिखेल अस्पतालमा जारी रहेको जनाएको छ । यस अभियानमार्फत यस वर्षमात्र चार सय ५० सफाइकर्मीलाई तालिम दिइएको सो संस्थाले जनाएको छ ।

नेपालमा व्यावसायिक सरसफाइसम्बन्धी आवश्यक तालिमको अभाव हुँदा फोहरको उचित व्यवस्थापन हुन सकिरहेको छैन र यसको नकारात्मक असर मुलुकको पर्यटन उद्योगमा प्रत्यक्षरूपमा परेको छ । खेम्स क्वालिटीले सरसफाइको विषयलाई शिक्षासँग जोडेर अभियान सञ्चालन गरिरहेकाले आगामी दिनमा यस विषयले प्राथमिकता पाउने शिक्षाविद् एवं अर्का सफाइ अभियन्ता खेम लाकाइले बताउनुभयो ।