• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   ३९ जिल्लाका १ सय ६५ ठाउँमा डढेलो, ठाउँठाउँमा आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज मनाइँदै ★   च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो ★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने

उपमहानगरका कर्मचारीलाई खेम्स क्वालिटीको सरसफाइ तालिम



धनगढी । धनगढी उपमहानगरपालिकाका सरसफाइ कर्मचारीलाई नगरको गुणस्तरीय सरसफाइसम्बन्धी तालिम प्रदान गरिएको छ ।

नेपालमा सरसफाइसम्बन्धी अभियान सञ्चालन गर्दै आएको खेम्स क्वालिटीद्वारा उपमहानगरपालिका कार्यालयका ४१ र धनगढी विमानस्थलमा कार्यरत छ जना सरसफाइकर्मीलाई गुणस्तरीय सरसफाइसम्बन्धी १० दिने तालिम प्रदान नगरिएको हो ।

उक्त तालिमका सहभागीलाई उपमहानगनगरपालिकाका प्रमुख गोपाल हमाल र खेम्स क्लालिटीका प्रबन्ध निर्देशक खेम शर्माले सोमबार महानगरपालिकामा आयोजित एक कार्यक्रममा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सो अवसरमा उपमहानगर प्रमुख हमालले सरसफाइका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति आर्जन गरेको खेम्स क्वालिटीबाट १० दिनसम्म आर्जन गरेको सीपलाई आफ्नो काममा प्रयोग गरी महानगरलाई सफा पार्ने अभियानमा लागि पर्न सरसफाइकर्मीलाई आग्रह गर्नुभयो । उहाँले उपमहानगरका कर्मचारी नगर सफाइका क्षेत्रका उदाहरणीय भएर काम गर्नुपर्ने भन्दै काममा आधारमा कर्मचारीको मूल्याङ्कन गरिने बताउनुभयो ।

खेम्स क्वालिटीका खेम शर्माले तालिमबाट सिकेको अनुभवलाई व्यवहारिकरूपमा आफूले आफ्ना काममा उपयोग गर्नेछु भनी सहभागीलाई शपथ गराउँदै आफ्ना कामका बारेमा सुनेर आफूलाई महानगरका कर्मचारीलाई तालिम दिने कामका लागि आमन्त्रण गर्नुभएकामा प्रमुख हमलालाई धन्यवाद दिनुभयो ।

गैरआवासीय नेपाली सङ्घका सरसफाइ अभियन्ता शर्माले नेपालमा सरसफाइसम्बन्धी तालिमको अभाव मात्र नभएर सरसफाइमा प्रयोग हुने उचित औजार र आवश्यक गुणस्तरीय सामानको पनि अभाव रहेको बताउँदै सरसफाइका कामको समय–समयमा अनुगमन हुनुपर्ने सुझाव दिनुभयो ।

सो तालिममा सहभागी सरसफाइकर्मी जशोदा राना र सीता रानाले आफूहरूले सरसफाइ गर्दा अपनाउनुपर्ने तारिका, प्रयोग गरिने सामग्री र निर्मलीकरण गर्ने तरिका राम्रोसँग सिकेको र अब त्यसलाई व्यवहारिक प्रयोगमा ल्याइने बताउनुभयो । खेम्स क्वालिटीले यही सरसफाइ अभियानअन्तर्गत यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, आन्तरिक विमानस्थल, पशुपतिनाथ मन्दिर परिसर, नगरिक उडड्यन प्राधिकरणका सरसफाइसम्बन्धी कर्मचारीलाई तालिम दिएको र धुलिखेल अस्पतालमा जारी रहेको जनाएको छ । यस अभियानमार्फत यस वर्षमात्र चार सय ५० सफाइकर्मीलाई तालिम दिइएको सो संस्थाले जनाएको छ ।

नेपालमा व्यावसायिक सरसफाइसम्बन्धी आवश्यक तालिमको अभाव हुँदा फोहरको उचित व्यवस्थापन हुन सकिरहेको छैन र यसको नकारात्मक असर मुलुकको पर्यटन उद्योगमा प्रत्यक्षरूपमा परेको छ । खेम्स क्वालिटीले सरसफाइको विषयलाई शिक्षासँग जोडेर अभियान सञ्चालन गरिरहेकाले आगामी दिनमा यस विषयले प्राथमिकता पाउने शिक्षाविद् एवं अर्का सफाइ अभियन्ता खेम लाकाइले बताउनुभयो ।