• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo

जबराले नाम लिएकासँग महाअभियोग समितिले बयान लिने



काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले बयानका क्रममा नाम लिएकाहरुसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ ।

जबराले बयानका क्रममा नाम लिएका पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई समितिले बोलाउने भएको हो ।

समितिको मंगलबार बसेको बैठकले भोलि बुधबार भ्याएसम्मका आरोपितलाई बोलाउने निर्णय गरेको हो ।

नेपाल बार एशोसियनका पूर्व पदाधिकारी, पूर्व न्यायाधीश बहालवाला न्यायाधीश लगायतलाई बुधबार बोलाउने समितिको तयारी छ ।

जबराले आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा सर्वोच्चका बहालवाला र पूर्व न्यायाधीश, बार एशोसिएसनका पूर्व पदाधिकारी, वरिष्ठ अधिवक्ताहरुलाई आरोप लगाएका थिए ।