१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

बागलुङमा डेङ्गुबारे सचेतना अभियान सुरु

बागलुङमा डेङ्गुबारे सचेतना अभियान सुरु
symbolic picture
अ अ+ अ-

बलेवा । बागलुङको गलकोटमा डेङ्गु रोगबारे सचेतना कार्यक्रम सुरु भएको छ । पछिल्लो समय जुनसुकै स्थानमा पनि डेङ्गु देखिन थालेपछि स्वास्थ्यकर्मी र सरोकारवालाको अगुवाइमा डेङ्गुबारे सचेतना अभियान सुरु भएका हुन् ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम भएकाले सतर्कता आवश्यक पर्ने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो ।

सोमबार स्वास्थ्य कार्यालय हटिया, उद्योग वाणिज्य सङ्घ गलकोट, महिला स्वास्थ्य स्वयंसेविका, गैरसरकारी संस्थासमेतको सहभागितामा बजार क्षेत्रमा डेङ्गुबारे सचेतना ¥यालीसमेत सञ्चालन भएको थियो । जथाभावीरुपमा थुपारिएका गाडीका टायर व्यवस्थापन, सरसफाइ गर्न, पानी जम्न नदिनेलगायतका सुझाव दिएर बजारवासीलाई सचेत बनाइएको स्वास्थ्य कार्यालय हटियाका प्रमुख दिलु सुवेदीले बताउनुभयो ।

यो अभियानमा सुआहारा परियोजनाका स्वास्थ्य कार्यकर्ताले पनि साथ दिएका थिए । डेङ्गु लागेमा उच्च ज्वरो, रुघाखोकीसमेतका लक्षण देखिने गर्छ । कतिपयलाई परीक्षण गर्दा डेङ्गु पुष्टिसमेत भइसकेकाले अभियानका रुपमा सचेतना गर्नुपरेको स्वास्थ्यकर्मीले बताए ।

डेङ्गुविरुद्ध स्वास्थ्य कार्यालयले दशवटै पालिका र सबै स्वास्थ्यचौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको थियो । साथै उनीहरुकै अगुवाइमा सचेतना कार्यक्रम सञ्चालन गर्न पनि लगाएको हो । रगत जाँचपछि मात्र डेङ्गु पत्ता लगाउन सकिने भएकाले पालिका तहमा पनि आवस्यक किट पठाइएको घिमिरेले जानकारी दिनुभयो । सजिलै सर्ने भएकाले सतर्कता अपनाउन सचेतना कार्यक्रम सञ्चालन गर्नुपरेको उहाँले बताउनुभयो ।