२० भाद्र २०८३, शनिबार
,
Latest
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहत सामग्री लिएर कराँची गयो वायुसेवा निगम



अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडीले राहत सामग्री लिएर पाकिस्तानको कराची प्रस्थान गरेको छ ।

२२ टन राहत सामग्री लिएर उडान गर्ने सो विमानमा परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा ६ जना कर्मचारी, ५ जना सञ्चारकर्मी, एक जना स्वास्थ्यकर्मी र निगमका एक कर्मचारीसहित १३ जना यात्रु रहेको बताइएको छ।

विमान भारतको हवाईमार्ग हुँदै पाकिस्तानको जिन्हा अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री छोडेर आजै काठमाडौँ फर्कने बताइएको छ ।

मन्त्रिपरिषद्को बैठकले विनाशकाली बाढीबाट अत्यन्त प्रभावित बनेको पाकिस्तानमा राहत सामग्री पठाउने निर्णय गरेको थियो ।