१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

‘सहि दिशा’ नामक पुस्तक विमोचन

‘सहि दिशा’ नामक पुस्तक विमोचन
अ अ+ अ-

काठमाडौं, २७ भदौ । भिजनरी लेखकद्वारा लिखित ‘सहि दिशा’ पुस्तक विमोचन गरिएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त पुस्तकको पाँच कन्याहरुबाट विमोचन गरिएको हो ।

पुस्तकको अवधारणाबारे स्पष्ट पार्दै लेखकले आफ्नो पुुस्तकमा मानव जातिको इतिहास उतारिएको बताएका छन । मानव जातिले ५० लाख वर्षदेखि बाटो बिराउँदै आएको टिप्पणी गरे । मानव जाति गलत तरिकाले हिडेकाले विश्वभर अन्याय, अत्याचार भइरहेको उनको भनाइ छ । मानिसहरुले सहिबाटो पत्तो लगाउन नसकेको उनले बताए । उनले भने,“मानिस अति नै जम्मर जात हो । हामी कहिल्यै पनि सुध्रिन खोज्दैनौ ।” मानिसले गलत बाटो हिडेको महसुस गरे देशमा मात्र नभएर पृथ्वीमा नै अन्याय र अत्याचार घट्ने उनको तर्क छ ।

उनले अत्याचार गर्न नछाडे डाइनोसरको वंश नै पृथ्वीबाट लोप भएजस्तै मानव जातिको पनि नाश हुने भन्दै वैज्ञानिकहरुले चेतावनी दिएको सुनाए ।

अब पनि मानिसहरु नसुध्रिए नाश हुने दाबी गर्दै उनले मानिस मात्र नभएर जलचर,थलचर र उभयचरको पनि नाश हुने तरिकाले लोपको संघारमा पुगेको टिप्पणी गरे । अब सुध्रने बाहेक अन्य कुनै उपाय नभएको जिकिर गर्दै उनले भने,“अब ३० वर्ष भित्रमा मानव जाति नसुध्रिए त्यसपछि चाहेर पनि सुध्रिन सक्दैनौ ।” उनले आजकै दिनबाट मानिसहरु सुध्रिन पट्टी लागेर अघि बढेर सहि दिशा दिनुपर्ने धारणा राखे ।

लेखकले भर्खरै जन्मेको बच्चाले पनि पृथ्वीमा आठ अर्ब हिस्साको १ हिस्सा पाउनुपर्ने बताए । हतियारको लडाइले अब पृथ्वीमा परिवर्तन गर्न नसकिने उनको भनाई थियो । अहिले विश्वका १३ देशमा हतियार निर्माण हुन थालेको उल्लेख गर्दै उनले लडाइको विरोधमा मानव जाति हुनुपर्ने र शान्तिपुर्ण तरिकाले अघि बढ्नुपर्ने धारणा राखे । उनले भने,“त्यसका लागि चुनावमा भाग लिने, राम्रा उम्मेदवारहरु छान्ने र राम्रा मान्छेको हातमा देशको तालाचाबी सुम्पिने लक्ष्य बनाउनुपर्छ ।”

राजा र राणाले संयुक्त रुपमा १०८ वर्ष शासन गरेको बताउँदै उनले त्यतिबेला पनि जनताले दुःख पाएको स्मरण गराए । देशमा दलिय व्यवस्था आएपनि जनताको जीवनमा परिवर्तन नआएको भन्दै उनले शासकहरुको मानसिकता नबदलिएको गुनासो पोखे । लेखकले भने,“दलिय व्यवस्थापछि सुशासन छाउन नसकेपछि जनतामा निराशा छाएको छ । पञ्चायतकालमा सुन, मुर्ति चोरी हुन्थे, त्यो त अहिले पनि छ ।”

राजनीतिलाई ‘फोहोरी’को संज्ञा दिँदै फोहोरी राजनीति नेपालमा मात्र नभएर विश्वभर भएको बताउँदै उनले विश्वलाई नेपाली सुध्रिएर देखाउन पर्नेमा जोड दिए । त्यसका लागि नेपाली नागरिक स्वतन्त्र तरिकाले अघि बढ्नुपर्ने बताए ।

उनले केही व्यक्तिहरुले दल नचाहिने भन्ने तर आफैले दल दर्ता गरेको उल्लेख गर्दै त्यसबारे आपत्ति जनाए । उनले भने,“साइनबोर्ड भने स्वतन्त्रको राख्ने तर दल दर्ता गरेर जाने यो सहि परिपाटी भएन र यो त सुरुमै बेइमानी भयो ।

इमानदारिता सुरु देखिनै देखाउन पर्छ ।” उनले स्वतन्त्र उम्मेदवारहरु जनताप्रति बेइमान हुन नहुने तर्क गरे । स्वतन्त्र उम्मेदवारहरुलाई आगामी निर्वाचनमा प्रत्येक जिल्ला र प्रदेशबाट उठ्नसमेत लेखकले आग्रह गरे । (लेखक स्वयंले आफ्नो नाम नखुलाउन आग्रह गरेपछि नाम खुलाइएको छैन ।)