• १० श्रावण २०८१, बिहीबार
  •      Thu Jul 25 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त ★   बजार अनुगमन प्रभावकारी बनाउन उपभोक्ता अधिकारकर्मीहरुको माग ★   बेचन झालाई सर्वोच्चले दिएन रिहा हुने आदेश ★   नेप्से परिसूचकमा ३२ अङ्कको वृद्धि ★   सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी ★   बङ्गलादेशमा तनाव कम हुँदै गएपछि निशेधाज्ञा आदेशलाई खुकुलो पारियो ★   सभापतिले बोल्न नदिएको भन्दै पूर्वमन्त्री किरातीले गरे छलफल बहिष्कार ★   एसिया कप खेलेर फर्कियो महिला टोली ★   दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ: ऊर्जामन्त्री ★   धानबालीमा फेद कुहिने समस्या

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा



काठमाडौं । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शु नेपाल आइपुग्नुभएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शु नेपालको औपचारिक भ्रमणमा आउनुभएको हो ।

उहाँ केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिनुभएको हो । उहाँको स्वागतका लागि सभामुख अग्निप्रसाद सापकोटा विमानस्थल पुग्नुभएको थियो ।

अध्यक्ष झान्शुले यही आज भदौ २७ देखि ३० गतेसम्म नेपाल औपचारिक भ्रमण गर्नुहुनेछ ।

सभामुख सापकोटा र अध्यक्ष लीले आजै प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुने छ । साँझ सभामुख सापकोटाले अध्यक्ष ली र उहाँको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गर्नुहुनेछ ।

नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेम्टेम्बर १४ मा र प्रधानमन्त्री शेरबहादुर देउवासँग सेम्टेम्बर १३ मा शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । यसैगरी सोही दिन उहाँले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुहुनेछ भने परराष्ट्रमन्त्री डा नारायण खड्काले उहाँसँग शिष्टाचार भेट गर्नुहुने मन्त्रालयले जनाएको छ ।

त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उहाँको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष झान्शु यही भदौ ३० गते बिहिबार बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।