२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार नौ सय १२ दशमलव ७४ मा सीमित भएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक दुई दशमलव ३९ अङ्कले ओरालो लागेर तीन सय ७२ दशमलव ३४ अङ्कमा सीमित भएको छ । कूल दुई सय २५ कम्पनीका २६ लाख १३ हजार पाँच सय ४० कित्ता शेयर रु ८३ करोड १६ लाख तीन हजार छ सय ५१ बराबरको कारोबार भयो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा सामान्य वृद्धि भएको छ । सो उपसमूह शून्य दशमलव शून्य दुई अङ्कले उकालो लागेको छ । बैंकिङ पाँच दशमलव १७, व्यापार सात दशमलव ५१, होटल तथा पर्यटन छ दशमलव ६३, विकास बैंक १४ दशमलव २८, जलविद्युत् ३० दशमलव ६६, वित्त १७ दशमलव ४८, निर्जीवन बीमा ४६ दशमलव ८८, उत्पादन २३ दशमलव ८१, लघुवित्त ३० दशमलव २६, जीवन बीमा ५२ दशमलव ५५ र लगानी शून्य दशमलव ४१ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ४३ अर्ब ६२ करोड १५ लाख ९२ हजार चार सय २४ बराबर भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड सात लाख ५४ हजार सात सय ६३ बराबरको कारोबार भयो । रिडी हाइड्रोपावर रु दुई करोड ७९ लाख ५८ हजार, हिमालयन डिस्टिलरी रु दुई करोड ५६ लाख ७१ हजार चार सय ६३, अपि पावर कम्पनी रु दर्ई करोड २७ लाख ७९ हजार दुई सय ७७, नेपाल पुनरबीमा कम्पनी रु दुई करोड पाँच लाख ७५ हजार दुई सय ८३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार युनाइटेड इदी मर्दी हाइड्रोपावर चार दशमलव १७, सनराइज बैंकको ऋणपत्र दुई, बोटलर्स नेपाल तराई नेपाल एक दशमलव ९८, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो एक दशमलव ९८ र आर्दश लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले एक दशमलव ९८ प्रतिशतले कमाएका छन् ।

त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र नौ दशमलव ५८, सामुदायिक लघुवित्त पाँच दशमलव ८७, अप्पर हेवाखोला हाइड्रोपावर चार दशमलव १५, दोर्दी खोला जलविद्युत् कम्पनी चार दशमलव १४ र माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले तीन दशमलव ७५ प्रतिशतले गुमाएका छन् ।