२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 2.57

Humidity: 47

तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरु चुनाव प्रचारमा जान पाउनुपर्छ: नारायणकाजी श्रेष्ठ



file
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले मन्त्रीहरुले निर्वाचनमा प्रचारप्रसार गर्न पाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमाबार बसेको बैठकमा मन्त्रीहरुले निर्वाचन प्रचारमा जान नपाउने निर्वाचन आयोगको आचारसंहिताको व्यवस्थाप्रति आपत्ति जनाउनुभयो ।

उहाँले राजनीतिक प्रणाली बहुदलीय हुने र त्यही प्रणालीमा नेताहरु मन्त्री हुने हुँदा मन्त्रीहरु आफैँ उम्मेदवार हुँदाबाहेक अन्त चुनाव प्रचार गर्न मिल्दैन भन्ने नमिलेको बताउनुभयो ।

निर्वाचन आयोगले मन्त्रीहरुले निर्वाचन प्रचारमा जाँदा राज्य र सरकारको साधन स्रोतको दुरुपयोग भएको छ कि छैन भन्नेबारे अनुगमन गर्नुपर्ने उहाँको भनाइ थियो ।