१३ भाद्र २०८३, शनिबार
,
Latest
‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरु चुनाव प्रचारमा जान पाउनुपर्छ: नारायणकाजी श्रेष्ठ



file
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले मन्त्रीहरुले निर्वाचनमा प्रचारप्रसार गर्न पाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमाबार बसेको बैठकमा मन्त्रीहरुले निर्वाचन प्रचारमा जान नपाउने निर्वाचन आयोगको आचारसंहिताको व्यवस्थाप्रति आपत्ति जनाउनुभयो ।

उहाँले राजनीतिक प्रणाली बहुदलीय हुने र त्यही प्रणालीमा नेताहरु मन्त्री हुने हुँदा मन्त्रीहरु आफैँ उम्मेदवार हुँदाबाहेक अन्त चुनाव प्रचार गर्न मिल्दैन भन्ने नमिलेको बताउनुभयो ।

निर्वाचन आयोगले मन्त्रीहरुले निर्वाचन प्रचारमा जाँदा राज्य र सरकारको साधन स्रोतको दुरुपयोग भएको छ कि छैन भन्नेबारे अनुगमन गर्नुपर्ने उहाँको भनाइ थियो ।