२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनीले ३३ गाडी बेचेको खुलासा



अ+ अ-

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा प्रयोग  भएका ३३ वटा गाडी  आयोजना  निर्माण  कम्पनी सीएमसीले जानकारी नै नदिई बेचेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिका  सूचना  अधिकारी  तथा  इन्जिनियर  राजेन्द्रप्रसाद पन्तले आयोजना सम्पन्न नगरी भागेको निर्माण कम्पनीले आफूले भुक्तानी गर्न बाँकी रहेका सहायक  निर्माण  कम्पनी  तथा  सप्लायर्सहरूलाई  ती  गाडी दिएको तर कम्पनीले त्यसबारे समितिलाई कुनै जानकारी नगराएको बताए । सीएमसीले अधिकांश गाडीहरू बिरा मोटर्सलाई दिएको छ । हाल ती गाडीहरू सीएमसीको नाममा छैनन् । 

उनले भने, “सीएमसीले बीचैमा काम छाडेर हिँडेपछि त्यसका सबै उपकरण आयोजनाको हुनुपर्दछ तर ती गाडीहरू पहिल्यै उसले अरूको जिम्मा  लगाएको  रहेछ  ।  दर्जनौँ  टिप्पर  थिए,  कम्पनीले सबै गाडी पहिल्यै व्यवस्थापन गरिसकेको पाइएको छ । मेलम्ची  खानेपानी  आयोजना  र  सीएमसीको  हिसाब  अझै  स्पष्ट  छैन  । मुद्दा  चलिरहेको  छ  ।”  समितिका अनुसार गाडी, टिप्पर र केही औजार बिरा मोटर्सले  आफ्नो  दाबी  गरेको  छ  ।  त्यसैमा  मुद्दा  परेको  छ । महालेखा  परीक्षकको  ५८औँ  वार्षिक  प्रतिवेदनअनुसार मेलम्ची खानेपानी आयोजनाले बैङ्क ग्यारेन्टी  सुविधा  उपयोग  गरी  कुल  ४५  थान  गाडी  आयात गरेको छ ।

ती गाडीमध्ये निर्माण कम्पनीले ३३ वटा बिक्री गरेको छ भने बाँकी गाडीका बारे मेलम्ची आयोजनालाई जानकारी छैन । हेडबक्स तथा सुरुङ निर्माणको सम्झौता गरेको निर्माण कम्पनीले किनेका १० वटा प्राडोसहित २७ वटा गाडी छन् । 

ती गाडीको उपयोग  र  अवस्थाबारे  कार्यालयलाई  जानकारी  नभएको उल्लेख गरी महालेखालाई समितिले विवरण दिइएको थियो ।गाडीको  प्रयोग  र  दाबीमा  विवाद  भएपछि  अदालतमा  मुद्दा  विचाराधीन  रहेको  महालेखाको  प्रतिवेदनमा  उल्लेख  छ  तर  बिरा  मोटर्सले  भने  कम्पनीसँग सम्झौता गरेर गाडी किनेको जनाएको छ । बिरा मोटर्सका प्रबन्ध निर्देशक दिनेश श्रेष्ठले भने, “एउटा मुद्दा डेढ वर्षअघि सकिएको हो । हामीले  कम्पनीसँग  गाडी  किनेका  हौँ  ।  ३३  वटा  गाडीमा २२ वटा लिई सक्यौँ ११ वटा ल्याउन बाँकी छ । ल्याउन बाँकी गाडीको हामीले दाबी गरिरहेका छौँं ।” बाँकी गाडीहरू मेलम्ची आयोजनामा रहेको उनले बताको समाचार गोरखपात्र दैनिकमा प्रकाशित छ ।