१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पुग्नै मुस्किल छ ढोरपाटन

पुग्नै मुस्किल छ ढोरपाटन
अ अ+ अ-

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पर्यटकीय हिसाबले पनि निकै चर्चित ठाउँ हो । यहाँ आन्तरिकसँगै बाह्य पर्यटकको समेत आगमन हुने गर्छ । विदेशी पर्यटक वर्षको दुई पटक यहाँ आउने गर्छन् भने आन्तरिक पर्यटक बाह्रै महिना पुग्ने गर्छन् । विदेशी पर्यटक असोजदेखि मङ्सिर र फगुनदेखि वैशाखका बीचमा सिकार खेल्नका लागि मात्रै आउने गर्छन् भने आन्तरिक पर्यटक हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्न ढोरपाटन पुग्छन् ।

ढोरपाटन जति चर्चित छ, त्यति पर्यटक भने पुग्न सकेका छैनन् । त्यसको मुख्य कारण हो सडक । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक खुलेको एकदशक बढी भइसक्दा पनि स्तरोन्नति हुन सकेको छैन । ढोरपाटनको प्रवेशद्वारका रुपमा रहेको बुर्तिबाङ बजारसम्म सडक राम्रो छ । जब ढोरपाटन जानका लागि बुर्तिबाङ बजार पार गरिन्छ, तब सडकको दुरावस्था सुरु हुन्छ । सडकका कारण आन्तरिक पर्यटक पनि अपेक्षितरुपमा ढोरपाटन पुग्न सकेका छैनन् ।

ढोरपाटन पुगेर फर्किने पर्यटकले पनि निकै दुःख पाउने गरेको गुनासो गरेका छन् । चितवनदेखि ढोरपाटन घुम्न पुगेका रमेश बस्यालले अप्ठ्यारो सडकका कारण दुःख पाउनुपरेको बताउनुभयो । बस्यालले ढोरपाटनको नाम धेरैपटक सुनेको र घुम्न आएको भन्दै अप्ठ्यारो सडकका कारण गाडी बिग्रिँदा बाटोमा अलपत्र पर्नुपरेको सुनाउनुभयो ।

“ढोरपाटनको नाम जति चर्चित छ, त्यति सुन्दर पनि रैछ, तर त्यहाँसम्म पुग्ने सडक निकै खराब रैछ, बाइकमा जाने त सम्भावना नै रहेन छ, गाडीमा पनि निकै मुस्किल हुँदोरहेछ, धेरै पटक नाम सुनेको र सामाजिक सञ्जालमा फोटो देखेर घुम्न आएको निकै दुःख पाइयो”, बस्यालले भन्नुभयो, “जाने बेलामा बाटोमा गाडी बिग्रियो, रातिका बेला निकै समस्या प¥यो, झण्डै अलपत्र परियो, तीन दिन बिदा लिएर आएको गाडी बिग्रिँदा एक दिन ढिला भयो, सडक निकै जोखिमपूर्ण रहेछ ।”

सालझण्डी ढोरपाटन सडकलाई पर्यटकीय सडकका रुपमा पनि लिइन्छ । सडकका कारण स्थानीयलाई पनि सास्ती भएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ९ का खिमबहादुर सुनारले सडकका कारण टाढाटाढाबाट आउने पर्यटकले दुःख पाएको बताउनुभयो । सडकमा ट्र्याक्टरबाहेक अरु हिँड्न नसक्ने भन्दै गाडी लिएर आउने पर्यटक बाटोमा समस्यामा पर्ने गरेको उहाँ बताउनुहुन्छ । “यो बाटो खुलेको धेरै वर्ष भयो अहिले पनि यस्तो अवस्थामा छ, अझ दुई वर्ष अगाडि आएको बाढीले धेरै ठाउँमा निकै अप्ठ्यारो बनाएको छ, यस्तो सडकमा ढोरपाटन जाने पर्यटक आउँछन्”, सुनारले भन्नुभयो, “सडकको हालत निकै खराब छ, ट्र्याक्टर पनि राम्रोसँग हिँड्न सक्दैन, यस्तो सडकमा पर्यटकले राम्रोराम्रो गाडी लिएर आउनुहुन्छ, गाडी कहिले हिलोमा फस्छ, कहिले खाल्डोमा अड्किन्छ, त्यसले गर्दा पर्यटक निरास भएर फर्किनुहुन्छ, बाटो राम्रो हुन्थ्यो भने कति धेरै पर्यटक आउँदा हुन् रु, अहिले यस्तो बाटो छ र पनि पर्यटक आइराख्छन् ।”

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत ९कल्याण० ले सडक खुलेको दशक बढी हुँदा पनि कालोपत्र नहुँदा अपेक्षाअनुसार ढोरपाटनमा पर्यटक भित्र्याउन नसकेको बताउनुभयो । उहाँले सालझण्डी–ढोरपाटन सडकको नाम दिए पनि काम भने अर्घाखाँचीसम्म मात्रै हुँदा अपेक्षितरुपमा ढोरपाटन भित्र्याउन नसकेको उहाँको दाबी छ । “ढोरपाटन पर्यटकीय हिसाबले देशकै उत्कृष्ट गन्तव्य हो, तर यहाँसम्म पुग्ने सडकको अवस्था निकै जोखिमपूर्ण छ, सडकको नाम ढोरपाटनसँग जोडियो काम भने अर्घाखाँचीतिर मात्रै भयो”, उपप्रमुख कायतले भन्नुभयो, “बुर्तिबाङदेखि ढोरपाटनसम्मको सडक राम्रो हुन्थ्यो भने वर्षमा हजारौँ पर्यटक ढोरपाटन पु¥याउन सकिन्थ्यो, सडकको यस्तो अवस्था हुँदा निकै समस्या भयो ।”

कायतले सडकका कारण ढोरपाटन क्षेत्र पछाडि परेको बताउनुभयो । उहाँले विकासको मुख्य आधार सडक भएको भन्दै सडकको दुरावस्था हुँदा ढोरपाटन क्षेत्र पिछडिनुपरेको उहाँको भनाइ छ । उपप्रमुख कायत भन्नुहुन्छ, “ढोरपाटनले पर्यटनका हिसासबले निकै सम्भावना बोकेको छ, तर सडकले गर्दा यो क्षेत्र नै पछाडि प¥यो, वर्षौंदेखि सडकको यो अवस्था छ, एउटै सडकको पनि दक्षिण काम हुने यस क्षेत्रमा काम नहुँदा हामी पछाडि पर्नुपरेको छ ।”

कायतले ढोरपाटन आउने पर्यटक सडकको दुरावस्थाका कारण बुर्तिबाङ बजारदेखि नै फर्किने गरेको बताउनुभयो । उहाँले ढोरपाटन नामले विश्वमा चिनिए पनि कामले भने निकै पछाडि परेको बताउनुहुन्छ । “ढोरपाटन जानका लागि धेरै पर्यटक आउनुहुन्छ, सडकको अवस्था देखेर कोही बुर्तिबाङ बजारदेखि नै फर्किएर अन्तै जानुहुन्छ भने कोही सहीखोला, दोगाडी र बोबाङसम्म पुगेर फर्किनुहुन्छ, सडकको अवस्था नफेरिएसम्म पर्यटकलाई ढोरपाटन पु¥याउन समस्या छ, ढोरपाटन नामले विश्वमा चिनियो तर कामका हिसाबले निकै पछाडि प¥यो”, उपप्रमुख कायतले भन्नुभयो ।

कायतले सडकको काम तत्काल सुरु गर्न सालझण्डी–ढोरपाटन आयोजनालाई आग्रह गरेको र अहिले टेण्डर आह्वान भइसकेको बताउनुभयो । बुर्तिबाङ मध्यपहाडी लोकमार्गले जोडिएको पनि ढोरपाटन जोडिएको छैन । बागलुङ सदरमुकाम हुँदै बुर्तिबाङ जोडिएको लोकमार्ग निसीखोला हुँदै रुकुम जोडिएको छ । ढोरपाटन पुग्न सालझण्डी–ढोरपाटन सकडमार्फत जानुपर्छ । यो सडक अर्घाखाँची हुँदै आएको छ । अर्घाखाँची क्षेत्रमा सडक स्तरोन्नति भइसके पनि बागलुङ खण्डमा हुन सकेको छैन । ढोरपाटन बुर्तिबाङदेखि ३२ किलोमिटरको दूरीमा रहेको छ । यहाँसम्म पुग्नै पुरै कच्ची सडकमा यात्रा गर्नुपर्छ ।रासस