११ श्रावण २०८३, सोमबार
,
Latest
१६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली प्रधानमन्त्री र ऊर्जामन्त्रीको सल्लाहकार मोहमा अर्थमन्त्रीको कटाक्षः ‘मैले एकजना सल्लाहकार राखेको छु’ बर्नहमसँगको पहिलो भेटका लागि जेलेन्स्की बेलायतमा माल्दिभ्सद्वारा ‘क्षेत्रीय शान्ति र सहकार्य’ का लागि सार्कको सक्रियताको आह्वान लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ सगरमाथा क्षेत्रमा अमेरिकी ड्रोनको प्रविधिको प्रभावकारिता प्रदर्शन विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने सिसिटिभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी मन्नाइन्छ जितीया पर्व



अ+ अ-

ललितपुर । जिउतिया, जिमूतवाहन र जिवित्पुत्रका नामले पनि चिनिन्छ, जितीया पर्व । यो मधेशको महत्वपूर्ण लोक पर्व हो । यो पर्वमा विशेषगरी सन्तानको दीर्घायु, सुखशान्तिका साथै बंश वृद्घीको कामना गर्दै यहाँका महिला ब्रत बस्ने गर्छन् । यो व्रत तीन दिनसम्म चल्छ । असोज सप्तमीदेखि नवमी तिथीसम्म विधिपूर्वक व्रत गरिन्छ ।

मैथिल महिला समाज नेपालका अध्यक्ष अञ्जला झाले जितया व्रतको विधिबारे जानकारी दिँदै भन्नुभयो, “यो पर्वमा महिलाहरू सामूहिक रुपमा जिमुतवाहन कथा सुन्ने गरिन्छ, तवमात्र ब्रत पूर्ण हुन्छ भन्ने लोक मान्यता छ ।” पछिल्लो समय देशभर यो पर्व मनाउने गरिन्छ ।

विशेष गरेर थारु र तराईका महिलाहरू काठमाडौंको पशुपती क्षेत्रका मन्दिरमा पुजा गर्छन् । खोला–नालामा गई धुमधामसँग जितिया पर्व मनाउँछन् । तर शहरका खोलाहरू फोहर भएकाले घरमै वर्तालुहरू नुहाउने गर्छन् । उहाँले भन्नुभयो, “सप्तमी अर्थात् पहिलो दिनलाई ‘निहाएखाय’को दिन भनिन्छ । यस दिनमा बिहानै बर्तालु नङ काटी खोला, पोखरी वा घरमै गङ्गाजल पानीमा राखी तोरीको तेल र खरी९पिना०ले नुहाउने गरिन्छ । त्यो दिन पितृ स्मरण गरी पूजा गरिन्छ ।”

विषेश गरेर यो दिन नौनीको साग, कोदोको पिठोको रोटी, कन्दा, झिमनीको तरकारी खान्छ । कति ठाउँमा माछा पनि खाई पूजाको शुरुआत गरिन्छ । खानाको लागि तिथी अनुसारको समय तोकिएको हुन्छ । त्यहीअनुसार सप्तमीको एक छाक मात्र नूनिलो खाना खानुपर्छ ।

अध्यक्ष झाका अनुसार जितियाको दोस्रो दिनलाई खुरजितीया भनिन्छ । यस वर्षमा सरगही–ओठगन गर्ने समय पनि छ । बिहानै सबेरै नुहाएर घिरौंलाको पातमा दही, चिउरा मिठाईले चिल, स्याल र जिमुतवाहनको पूजा गरिन्छ । त्यही सयमम ब्रतको संकल्प लिई ब्रतालुले प्रसादी खाने गर्छ । त्यस समयमा परिवारको सदस्यहरूले पनि चढाएको प्रसादी खाने चलन छ । विशेषगरी ब्रतालु घरका बालबालिकालाई प्रसादी दिए खुशी तुल्याइन्छ ।

यो जितिया ब्रत छठ जस्तै, कठीन ब्रत हो । अष्टमी तिथीको जतीया व्रतको संकल्प लिई सकेपछि निरहार, निर्जला ब्रत नवमी अर्थात् पारनसम्म बस्नुपर्छ । यो ब्रत प्रदोशकाल अर्थात् औंसीमा गरिन्छ । यो वर्ष नयाँ व्रतालुहरूलाई शुभ मुहरत ९समय० छ ।

अष्टमीको दिन जितीया ९जिवित्पुत्रिका० को माटो वा गाईको गोवरको मुर्ति बनाएर पूजा गरिन्छ । त्यसैगरी चिल र स्यालको पनि प्रतिमा बनाएर पूजा गरिन्छ । पूजा सामग्रीमा विशेषगरी रक्षा धागो, रातो सिन्दुरको टीका, पान , ल्वाङ , नभाँचिएको चामलको अक्ष्यता, भिजेको चना, काक्रो, पान र घिरौंलोकोे पात, श्रृंगारको सामान आदिले विधिपूर्वक ब्रतालुले कथा, गीत गाएर पूजा गर्छन् । यो ब्रत नेपालको विभिन्न भौगोलिक क्षेत्र साथै काठमाडौं उपत्यकालगायत विशेषत तराई क्षेत्रमा वसोवास गर्ने महिलाले पूर्व तयारी गरी धुमधामसँग मनाउने गर्छन् ।

नेपाल महिला समाजका समूहका अध्यक्ष अनामिका झाका अनुसार यो ब्रत सन्तान हुने महिलाले मात्र गर्छन् । यसमा छोरा–छोरीको केही भेदभाव नगरी पूजा गरिन्छ । यो ब्रत गर्दा सन्तानको सबै सङ्कट दूर हुन्छ भन्ने विश्ववास प्राचिनकालदेखि रहँदै आएको छ । यो सन्तानको आयू लामो होस् सुख शान्तीको कामना गर्दै आमाले जितिया भगवानसँग निर्जला ब्रत बसी प्रार्थना गर्छ । यो ब्रत कठिन हुने भएकाले स्वास्थ्य अवस्थालाई विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ । रासस




भर्खरै