१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

यसरी मन्नाइन्छ जितीया पर्व

यसरी मन्नाइन्छ जितीया पर्व
अ अ+ अ-

ललितपुर । जिउतिया, जिमूतवाहन र जिवित्पुत्रका नामले पनि चिनिन्छ, जितीया पर्व । यो मधेशको महत्वपूर्ण लोक पर्व हो । यो पर्वमा विशेषगरी सन्तानको दीर्घायु, सुखशान्तिका साथै बंश वृद्घीको कामना गर्दै यहाँका महिला ब्रत बस्ने गर्छन् । यो व्रत तीन दिनसम्म चल्छ । असोज सप्तमीदेखि नवमी तिथीसम्म विधिपूर्वक व्रत गरिन्छ ।

मैथिल महिला समाज नेपालका अध्यक्ष अञ्जला झाले जितया व्रतको विधिबारे जानकारी दिँदै भन्नुभयो, “यो पर्वमा महिलाहरू सामूहिक रुपमा जिमुतवाहन कथा सुन्ने गरिन्छ, तवमात्र ब्रत पूर्ण हुन्छ भन्ने लोक मान्यता छ ।” पछिल्लो समय देशभर यो पर्व मनाउने गरिन्छ ।

विशेष गरेर थारु र तराईका महिलाहरू काठमाडौंको पशुपती क्षेत्रका मन्दिरमा पुजा गर्छन् । खोला–नालामा गई धुमधामसँग जितिया पर्व मनाउँछन् । तर शहरका खोलाहरू फोहर भएकाले घरमै वर्तालुहरू नुहाउने गर्छन् । उहाँले भन्नुभयो, “सप्तमी अर्थात् पहिलो दिनलाई ‘निहाएखाय’को दिन भनिन्छ । यस दिनमा बिहानै बर्तालु नङ काटी खोला, पोखरी वा घरमै गङ्गाजल पानीमा राखी तोरीको तेल र खरी९पिना०ले नुहाउने गरिन्छ । त्यो दिन पितृ स्मरण गरी पूजा गरिन्छ ।”

विषेश गरेर यो दिन नौनीको साग, कोदोको पिठोको रोटी, कन्दा, झिमनीको तरकारी खान्छ । कति ठाउँमा माछा पनि खाई पूजाको शुरुआत गरिन्छ । खानाको लागि तिथी अनुसारको समय तोकिएको हुन्छ । त्यहीअनुसार सप्तमीको एक छाक मात्र नूनिलो खाना खानुपर्छ ।

अध्यक्ष झाका अनुसार जितियाको दोस्रो दिनलाई खुरजितीया भनिन्छ । यस वर्षमा सरगही–ओठगन गर्ने समय पनि छ । बिहानै सबेरै नुहाएर घिरौंलाको पातमा दही, चिउरा मिठाईले चिल, स्याल र जिमुतवाहनको पूजा गरिन्छ । त्यही सयमम ब्रतको संकल्प लिई ब्रतालुले प्रसादी खाने गर्छ । त्यस समयमा परिवारको सदस्यहरूले पनि चढाएको प्रसादी खाने चलन छ । विशेषगरी ब्रतालु घरका बालबालिकालाई प्रसादी दिए खुशी तुल्याइन्छ ।

यो जितिया ब्रत छठ जस्तै, कठीन ब्रत हो । अष्टमी तिथीको जतीया व्रतको संकल्प लिई सकेपछि निरहार, निर्जला ब्रत नवमी अर्थात् पारनसम्म बस्नुपर्छ । यो ब्रत प्रदोशकाल अर्थात् औंसीमा गरिन्छ । यो वर्ष नयाँ व्रतालुहरूलाई शुभ मुहरत ९समय० छ ।

अष्टमीको दिन जितीया ९जिवित्पुत्रिका० को माटो वा गाईको गोवरको मुर्ति बनाएर पूजा गरिन्छ । त्यसैगरी चिल र स्यालको पनि प्रतिमा बनाएर पूजा गरिन्छ । पूजा सामग्रीमा विशेषगरी रक्षा धागो, रातो सिन्दुरको टीका, पान , ल्वाङ , नभाँचिएको चामलको अक्ष्यता, भिजेको चना, काक्रो, पान र घिरौंलोकोे पात, श्रृंगारको सामान आदिले विधिपूर्वक ब्रतालुले कथा, गीत गाएर पूजा गर्छन् । यो ब्रत नेपालको विभिन्न भौगोलिक क्षेत्र साथै काठमाडौं उपत्यकालगायत विशेषत तराई क्षेत्रमा वसोवास गर्ने महिलाले पूर्व तयारी गरी धुमधामसँग मनाउने गर्छन् ।

नेपाल महिला समाजका समूहका अध्यक्ष अनामिका झाका अनुसार यो ब्रत सन्तान हुने महिलाले मात्र गर्छन् । यसमा छोरा–छोरीको केही भेदभाव नगरी पूजा गरिन्छ । यो ब्रत गर्दा सन्तानको सबै सङ्कट दूर हुन्छ भन्ने विश्ववास प्राचिनकालदेखि रहँदै आएको छ । यो सन्तानको आयू लामो होस् सुख शान्तीको कामना गर्दै आमाले जितिया भगवानसँग निर्जला ब्रत बसी प्रार्थना गर्छ । यो ब्रत कठिन हुने भएकाले स्वास्थ्य अवस्थालाई विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ । रासस