५ श्रावण २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ भारतमा पहिलो डेङ्गु खोप स्वीकृत पाकिस्तानमा मनसुनी वर्षाका कारण नौ जनाको मृत्यु सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन वर्षमा ‘मिनी रङ्गशाला’ को ३३ प्रतिशत काम



file
अ+ अ-

चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौताराको टुँडिखेलमा अत्याधुनिक ‘मिनी’ रङ्गशाला निर्माण थालिएको तीन वर्षमा ३३ प्रतिशत मात्रै काम भएको छ ।

बागमती प्रदेश सरकारको गौरवको आयोजनाअन्तर्गत सार्वजनिक निर्माण कार्यान्वयन एकाइ, काभ्रेमार्फत रु ४१ करोड ६२ लाख लागतमा रङ्गशाला निर्माण सुरु गरिएको हो । निर्माण थालिएको तीन वर्षमा अपेक्षाअनुसार काम अघि बढ्न सकेको छैन ।

जिल्लामा खेलकुद गतिविधिलाई लक्षित गरेर निर्माण सुरु गरिएको रङ्गशालाको काम साढे दुई वर्षमा सकिनेगरी सम्झौता गरिएको थियो । ठेकेदार कम्पनीको लापर्वाहीले सम्झौता सकिएको पाँच महिनासम्ममा पनि जम्मा ३३ प्रतिशत मात्र काम भएको सार्वजानिक निर्माण कार्यान्वयन इकाइ भैँसेपाटीका प्रमुख डा चन्द्रप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार रङ्गशालाको पूर्वपश्चिम र उत्तरतर्फ दर्शक बस्ने ‘प्याराफिट’, ‘स्टेयर्स’, ‘सब्टिचुसेन एरिया’, सञ्चार क्षेत्र, ‘चेञ्जिङ रुम’, ‘फिजियोथेरापी रुम’, ‘रेफ्री रुम’ र ‘भिआइपी’ व्यक्तिका लागि विशेष रुम निर्माण गर्ने योजनारहेको छ । ठेकेदारले ढिलासुस्तीका कारण निर्माणको काम लम्बिएको छ ।

रङ्गशालाको हालसम्म छ वटा प्याराफिटमा दुई निर्माणको चरणमा छ भने तीन वटा ‘प्याराफिट’को काम सुरु नै भएको छैन । प्रदेश सरकारले छ हजार पाँच सय दर्शक क्षमता भएको रङ्गशाला निर्माण गर्न लागेको हो । रङ्गशाला निर्माणका लागि टक्सार÷शान्तिदेवी जेभीले ठेक्का पाएको छ ।

समयमै रङ्गशालाको निर्माण सम्पन्न हुन नसक्दा सुन्दर टुँडिखेल कुरुप बनेको स्थानीय होटल व्यवसायी रामचन्द्र नेपालले बताउनुभयो । उहाँका अनुसार निर्माणका क्रममा निस्किएको माटोले पानी पर्दा टुँडिखेल हिलाम्मे हुने गरेको छ ।

जिल्ला फुटबल सङ्घका अध्यक्ष अमृतमान श्रेष्ठले समयमै ठेकेदारले काम सम्पन्न गर्दा खेलकुद गतिविधि आयोजनामा समस्या भएको गुनासो गर्नुभयो । यसअघि जिल्लास्तरका खेलकुद यही खेल मैदानमा हुने गरेको बताउँदै अध्यक्ष श्रेष्ठले भन्नुभयो, “अहिले केही खेलकुद गर्नुपरे लामोसाँघु पुग्नुपर्छ ।”

चौतारा नजिकै दरबारडाँडामा अर्को खेल मैदान भए पनि डाँडामा भएकाले बल हराएर गेम खेल्नै समस्या हुने गरेको उहाँले बताउनुभयो ।