• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

छ मन्त्रीसहित ९६ जनाको टोली लिएर चिनियाँ नेता ली नेपाल आउँदै



काठमाडौँ । जनवादी गणतन्त्र चीनको नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली झान्सु नेपाल भ्रमणमा आउने हुनुभएको छ । उहाँ यही भदौ २७ मा तीन दिने भ्रमणका लागि काठमाडौँ आउने हुनुभएको हो ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

हाल ली रुसको भ्रमणमा हुनुहुन्छ । छ जना वरिष्ठ मन्त्रीसँगै करिब ९६ जनाको टोलीसहित रुस भ्रमणमा रहनुभएको ली त्यहाँबाट सोझै नेपाल आउनुहुने बताइएको छ । लीलाई चीनमा राष्ट्रपति सि चिनफिङपछिको दोस्रो वरियताको नेता मानिन्छ ।

लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सापकोटा , नेकपा एमालेका अध्यक्ष केप ओली , लगायत प्रमुख दलका नेताहरूसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पछिल्लो ६ महिनामा चीनबाट यो तेस्रो उच्चस्तरीय भ्रमण हुन लागेको हो । यसअघि गत चैतमा चीनका स्टेट काउन्सिलरसमेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौँको भ्रमण गर्नुभएको थियो । त्यतिबेला उहाँले नेपालका उच्च राजनीतिक नेतृत्वसँग द्विपक्षीय विषयमा विस्तृत छलफल गर्नुभएको थियो ।

गत असारको अन्तिम सातातिर चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौँ आउनुभएको थियो । त्यसबेला उहाँले नेपालका कम्युनिस्ट पार्टीका नेताहरूलगायत सबै प्रमुख राजनीतिक सरोकारवालाहरूसँग भेटवार्ता गर्नुभएको थियो ।

त्यसैगरी गत साउनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले चीनको भ्रमण गर्नुभएको थियो । सो अवसरमा उहाँले आफ्ना चिनियाँ समकक्षी वाङसँग भएको भेटमा सीमा समस्यालगायत द्विपक्षीय विषयमा छलफल गर्नुभएको थियो ।