५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रचण्डको आदेश मानेर राष्ट्रपतिले राजीनामा दिनुपर्ने ?’



अ+ अ-

विराटनगर । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको राजीनामा मागेकोमा आपत्ति जनाएका छन् ।

राष्ट्रपतिले पुनर्विचार गर्न पठाएको नागरिकता विधेयक जस्ताको तस्तै पास गरेर सरकारले उद्दण्डता देखाएको भन्दै माओवादी अध्यक्ष प्रचण्डप्रति ओलीले असन्तुष्टि व्यक्त गरेका हुन् ।

गृह जिल्ला झापा जाने क्रममा शनिवार अपराह्न विराटनगर विमानस्थल उत्रिएका अध्यक्ष ओलीले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने गरी अहिलेको विधेयक फिर्ता लिएर अर्को विधेयक ल्याउन सरकारलाई आग्रह समेत गरे ।

यस्तै अध्यक्ष ओलीले सरकारका उद्दण्ड क्रियाकलापलाई एमालेले संसद् बाहिरबाटै ठेगान लगाइदिने चेतावनी समेत दिए ।

प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।