६ कार्तिक २०८१, मंगलवार
,
Latest
सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक एमाले नेता रिजालको दाबी– प्रचण्डको रोइकराई र हारगुहारले त्यो रोकिनेवाला छैन सहकारीको रकम अपचलनमा धनराजमाथि छानबिन कहिले ? मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर सडक र विद्युत् सुविधासँगै सुगम बन्दै गाउँ ‘घरवारविहीनहरुको रात सधैँ सडकमा बित्छ’ मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री पाँच विपक्षी दलको ध्यानाकर्षणपत्र: मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री बेलायतबाट हर्क साम्पाङको चेतावनी– ‘धेरै रडाको नमच्चाउनू’
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानीको माग गर्दै ज्ञापनपत्र



अ+ अ-

गलकोट । बागलुङ नगरपालिकाको बजार क्षेत्रमा खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाको कार्यालयमा खानेपानीको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । संस्थाले वितरण गरेको पानी धमिलो, अशुद्ध र खानयोग्य नभएको नागरिकको गुनासो छ भने परीक्षणका क्रममा समेत खानेपानीमा कोलिफर्म भेटिँदै आएको बताइएको छ ।

बागलुङ बजारमा वितरण गर्दै आएको पानी अशुद्ध भएको, आम नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको र संस्थाको आर्थिक प्रणाली अपारदर्शी भएको जनाउँदै राष्ट्रिय युवा सङ्घ नेपाल बागलुङ नगर कमिटीले कार्यालयको अध्यक्ष र प्रबन्धक समक्ष ज्ञापनपत्र बुझाएको छ ।

बुझ्दै बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले मागअनुसारको खानेपानी आपूर्ति गर्न नसकिएको र मङ्सिरपछि मात्रै नागरिकको धारोमा शुद्धीकरण गरेको पानी पठाउन सक्ने बताउनुभयो ।

उहाँले बृहत् लिफ्ट आयोजना सम्पन्न नहुँदासम्म नगरपालिकाले मागअनुसारको पानी पठाउन नसक्ने जनाउँदै पानीको शुद्धीकरणका लागि सक्दो पहल भइरहेको र छिट्टै अधिवेशन गर्ने बताउनुभयो ।