३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

पर्यटनस्थल बन्यो मसानघाट

पर्यटनस्थल बन्यो मसानघाट
अ+ अ-

इटहरी । सुनसरी जिल्लाको पूर्वी सीमा बूढीखोला नदी डेढ दशक अघिसम्म इटहरीको मसानघाटले परिचित थियो । खोलाको किनारामा दैनिकजसो मानिस डठाइन्थो । मसानघाटमा जान पनि सबै डराउँथे ।

मसानघाट पश्चिम नजिकै वडा नं ४ मा धार्मिक कार्य गर्नका निम्ति श्रीकृष्ण प्रणामी मन्दिर थियो । बुढी खोला नदी छेउमा जताततै फोहोर थियो । खोलामा अनाधिकृत रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन गरेर वस्ती कटानको उच्च खतरा थियो । त्यही मसानघाट र मन्दिर दुवैको रुप यतिवेला फेरिएको छ । अनि त्यही बुढी खोला किनार अहिले भने जमुना मुक्ति घाटको नामले चिनिएको छ ।

बुढी खोलामा रु १० करोड बढी खर्चेर दाहसंस्कार गर्ने व्यवस्थित घाट र मन्दिर पुनःनिर्माणको काम गरिएको छ । यसको निमार्णसँगै धार्मिक पर्यटकीयस्थलको रूपमा परिचित भएको हो । जसले गर्दा सबै उमेर समूहका व्यक्तिहरू बुढीगङ्गा जमुना मुक्ति घाटमा आउने गरेको स्थानीयले बताएका छन् । उनीहरू भन्छन् “पहिला खोलाको छेउमा मनिसहरूलाई जलाउने गरिन्थियो, खेलाको किनारमा जलाउँदा बर्खाको समयमा कहिले बाढीले लास बगाउँथ्यो । तर अहिले यो स्थान पार्कजस्तै भएको छ । यहाँ विभिन्न स्थानबाट घुम्न आउने मानिसको भिड लाग्ने गरेको छ ।”

व्यवस्थित आर्यघाट भएकैले गर्दा प्रदेश १ का अन्य स्थानभन्दा बुढी गङ्गाजमुना मुक्तिघाटमै दाहसंस्कारका लागि ल्याउने क्रम बढ्दो छ । विशेषगरी, सुनसरी र मोरङका थुप्रै स्थानका मानिसको मृत्युपछि दाहसंस्कार गर्न बुढी गङ्गाजमुना मुक्ति घाटमा ल्याउने गरेको मुक्ति धाम विकास समितिले जनाएको छ ।

बुढीगङ्गा जमुना मुक्तिघाटमा किरियापुत्री भवनको पनि व्यवस्था गरिएको छ भने यहाँ गरिब तथा विपन्न परिवारलाई किरियापुत्री भवनमा बस्ने व्यवस्था मिलाउने गरिएको छ ।