१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

काठमाडौँमा बिहानैदेखि वर्षा, तीन घण्टामा ४६ मिलीमिटर वर्षा मापन

काठमाडौँमा बिहानैदेखि वर्षा, तीन घण्टामा ४६ मिलीमिटर वर्षा मापन
अ अ+ अ-

काठमाडौँ । राजधानी काठमाडौँमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँमा विगत तीन घण्टामा ४६ मिलीमिटर वर्षा मापन गरिएको छ । बारामा सबैभन्दा बढी एक सय १२ मिलीमिटर वर्षा भएको छ । “अहिले काठमाडौँ उपत्यका र आसपास हल्का वर्षा भइरहेको छ, बागमती प्रदेशका धेरैजसो क्षेत्रमा पनि वर्षा भइरहेको छ, वर्षा अझै केही दिन जारी रहने देखिन्छ”, मौसमविद् बासीले भन्नुभयो ।

उपत्यकामा खण्डितरूपमा कतिपय स्थानमा भारी वर्षा पनि भएको छ । सिंहदरबार, माइतीघर, पुतलीसडक, रत्नपार्क, त्रिपुरेश्वरलगायत क्षेत्रमा बढी वर्षा भएको जनाइएको छ । देशभरको वर्षा र तापक्रमको विवरण महाशाखाले हरेक दिन बिहान र बेलुका सार्वजनिक गर्ने गरेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेकाले बदलीसँगै वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।