२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुण्य गौतम एमालेबाट समानुपातिकमा सिफारिस



अ+ अ-

काठमाडौं । सामाजिक सञ्जालबाट भाइरल भएका पुण्य गौतमलाई नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस भएको छ ।

एमालेले प्रतिनिधिसभाको समानुपातिक तर्फ काठमाडौंको क्षेत्र नम्बर ३ बाट गौतमलाई सिफारिस गरेको हो ।

गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई एमालेले सिफारिस गरेको जानकारी दिएका छन् ।

साथै उनले एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र एमाले काठमाडौं जिल्ला कमिटीलाई धन्यवाद दिएका छन् ।

गौतम गत वैशाखमा एमालेमा प्रवेश गरेका थिए ।