१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

काँग्रेस रामराम भन्ने अवस्थामा आइसकेको छः पूर्व राष्ट्रपति यादव -भिडियो सहित

काँग्रेस रामराम भन्ने अवस्थामा आइसकेको छः पूर्व राष्ट्रपति यादव -भिडियो सहित
अ अ+ अ-

काठमाडौँ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली काँग्रेसले जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा भएको बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो चिन्ता प्रकट गर्नुभएको हो । उहाँले नेपाली काँग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नु शिवाय अरु नरहेको उल्लेख गर्नुभयो । उहाँले विपीका राजनीतिक चिन्तनहरु अध्ययन गर्ने फुर्सद कुनै राजनीनितक कार्यकता र नेताहरुलाई नरहेको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताउनु भयो ।

पूर्व राष्ट्रपति यादवले काँग्रेस पार्टीमा रहेर पसिना बगाउनको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको पनि बताउनु भयो । उहाँले समानुपातिकबाट सांसद बन्नको लागि टिकट बिक्रीको चलखेल हुने गरेको पनि बताउनु भयो । पूर्व राष्ट्रपति यादवले स्थानीय निर्वाचनमा वडा र पालिकाहरुमा टिकट बिक्री भएको दाबी गर्दै पार्टीमा विधि र आदर्शको पालना र सम्मान हुन छोडेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले काँग्रेसीको पुर्खालाई बिर्सिएर अहिले जनतासमक्ष जान अरु पार्टीसँग मिलेर अंशबण्डा गर्नु लज्जाको विषय भएको बताउनु भयो ।

पूर्व राष्ट्रपति यादवले भन्नुभयो, ‘काँग्रेसीले बिपीले उहाँको बेलामा जति महाधिवेशनहरुमा बोल्नुभएको छ, त्यो महत्वपूर्ण छ । बिपीको जेल डायरी, बिपीको आत्मवृतान्त, बिपीले बोलेका राजनीतिका बारेमा विषयहरु काँग्रसीलाई पढ्नलाई फुर्सद छैन । सोझै काँग्रेस छिर्छन् । किनकी टिकट किन्नेलाई काँग्रेसी भनेको छ, कति वर्ष भइसकेको छ, काँग्रेसीमा लागेकालाई फुर्सद नै छैन । पैसामा टिकट बेचिरहेको छ । सुन्नुभएको होला तपाईहरुले समानुपातिकमा टिकट बिक्री भएको छ । वाडको टिकट बिक्री भएको छ । पालिकाको टिकट बिक्री भएको छ । अहिले विधिको बरेमा चर्चा गरिराख्नुपर्ने, आदर्शको बारेमा कुरा गर्नै छोडिसके । बिपी, गणेशमान,किसुनजी, गिरिजा जस्ता महापुरुषको नाम सुन्दै गदगद हुन्छ, तर अहिले देशको अवस्था कस्तो छ ? बिपीको एक गुण पनि हामीमा छैन । काँग्रेसीमा त हुनैपर्ने हो । हामी कोहीमा छैन । काँग्रेसी त्यस्तो पुर्खा भएर पनि अहिले अंशबण्डा गरिरहेका छौँ हामी । जनताको बीचमा जानपनि अरु पार्टीसँग मिलेर अंशबण्डा गरिरहेको छ । राम,राम,राम । काँग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ । उहाँले भन्नुहुन्छ जय नेपाल स्वीकार गर्नुस्, एक जनाले पनि स्वीकार गर्नुभएन । चित्त दुखेर नबोलेका हुन् ।’

कार्यक्रममा डा. शशांक कोईरालाले आफूले धेरै डाक्टरहरुलाई अध्यापन गराएको उल्लेख गर्दै अहिले डाक्टर राम्रा तर अप्रेशन गर्न लागेको बिरामीलाई पैसा दिएपछि मात्रै अप्रेशन गर्छु भन्ने किसिमका डाक्टरहरु रहेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले आफूलाई पीडा हुँदा पनि अरुको सेवा गर्नु नै डाक्टरी पेशा भएकोले फलको आश नगरी सेवा गरेर अघि बढ्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘जीवन भनेको प्रयत्न हो, फलको चिन्ता गर्नु हुँदैन, प्रयत्न गरिराख्ने हो । मैले धेरै डाक्टरहरुलाई पढाएँ । १६ वर्ष कटिसकेको डाक्टरको चरित्रमा परिवर्तन गर्न नसकिने रहेछ । राम्रो डाक्टर बनाएँ । तर उनीहरु के गर्छन् भने बिरामीलाई टेलबमा राखेपछि भन्छन्, तिम्रो पेट म चिर्छु तर तिमीले ६० हजार रुपैयाँ मलाई दिनुपर्छ । त्यस्तो डाक्टर बनाएँ, डाक्टर राम्रा तर चरित्र नभएका । आफूलाई पीडा हुँदा पनि अरुको सेवा गर्नु नै डाक्टरी पेशा हो ।’

कार्यक्रममा बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पणसमेत गरिएको थियो ।