• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी



काठमाडौँ । नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

एक नाबालिग किशोरीले बलात्कारको किटानी जाहेरी दिएपछि सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ । प्रहरीले बलात्कार आरोपबारे अनुसन्धान गर्न सन्दीपलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।

हाल सन्दीप मुलुक बाहिर छन् । उनलाई प्रहरीले जुनसुकै बेला पनि पक्राउ गर्न सक्छ । क्यारेबियन प्रिमियर लिगमा सहभागिता जनाउन अहिले उनी वेस्ट इन्डिज (जमैका) मा छन् ।

सन्दीपले बलात्कारमा आफ्नो संलग्नता अस्वीकार गर्दै नेपाल क्रिकेट संघ ९क्यान० सँग कानूनी उपचारमा सहयोग गर्न आग्रह गरेका छन् ।