१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रदेश नं १ लाई साक्षर प्रदेश घोषणा

प्रदेश नं १ लाई साक्षर प्रदेश घोषणा
अ अ+ अ-

मोरङ । प्रदेश नं १ लाई आज साक्षर प्रदेश घोषणा गरिएको छ । उक्त प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा सो घोषणा गर्नुभएको हो । उहाँले साक्षरतासहित अब प्रदेशलाई आर्थिक समृद्धिका रूपमा परिवर्तन गर्न सबैले आफ्नो ठाउँबाट जिम्मेवार भई भूमिका निर्वाह गर्नुपर्नमा जोड दिनुभयोे ।

प्रदेशका सामाजिक विकासमन्त्री राजन राईले मुलुकको समृद्धिका लागि व्यावसायिक, गुणस्तरीय र व्यवहारिक शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । स्वास्थ्यमन्त्री जयराम यादवले राष्ट्रियता, मातृभूमि र मातृभाषाप्रति समर्पित रहन विद्यार्थीलाई आग्रह गर्नुभयो ।

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले मुलुकका लागि अबको शिक्षा जागिरे मात्र होइन, व्यवहारिक हुनुपर्नेमा जोड दिनुभयो । सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्वाहाम्फेले प्रदेशलाई साक्षर घोषणा गर्न सबैको सहयोग प्राप्त भएको बताउँदै मातृभाषाको विकासका लागि गर्ने धारणा व्यक्त गर्नुभयोे ।

सामाजिक विकास समितिका सभापति सरिता थापा खड्का, विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंह, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, जिल्ला समन्वय समिति पाँचथरका रामराज आङदम्वेलगायतले शिक्षा मुलुकको समृद्धिको महत्वपूर्ण मेरुदण्ड रहेको र मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा सर्वसुलभ गराउनुपर्नेमा सुझाव दिनुभयो ।

युनेस्कोले तोकेको १२ वटा मापदण्डलाई आधार बनाई प्रदेशलाई साक्षर घोषणा गरिएको थियो । प्रदेशका १४ जिल्लामा रहेका एक सय ३७ पालिकामा १५ देखि ६० वर्ष उमेर समूहमा ९६ दशमलव ७४ प्रतिशत साक्षर छन् ।

यसअघि साक्षर घोषणको अवसरमा स्थानीय आदर्श माध्यमिक विद्यालयबाट निस्केको प्रभातफेरीले नगर परिक्रममा गरेको थियो । प्रभातफेरीमा सामाजिक विकासमन्त्री राई, राज्यमन्त्री तुम्वाहाम्फे, प्रदेशका प्रमुख सचिव सिंह, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललगायत निजामती कर्मचारी, प्रहरी, विभिन्न विद्यालयका विद्यार्थी सहभागी थिए ।