२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

बलात्कृत किशोरीलाई पेशेवर पीडित भनेपछि गायक शिव परियारको चर्को विरोध

बलात्कृत किशोरीलाई पेशेवर पीडित भनेपछि गायक शिव परियारको चर्को विरोध
अ अ+ अ-

काठमाडौँ । गायक शिव परियारले पेशेवर पीडित भन्नेहरुलाई पनि व्यवस्थित गरी कारवाही गर्ने कानूनका धारा खोज्न सरकारसँग माग गरेपछि उनीविरुद्ध व्यापक टीका टिप्पणी भएको छ ।

एक १७ वर्षीया नाबालिक किशोरीलाई जबरजस्ती करणी गरेको भनी नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि किटानी जाहेरी परेपछि गायक परियारले सामाजिक सञ्जाल फेसबुकमार्फत नाम उल्लेख नगरी सन्दीपको बचाउ गर्दै पीडित नाबालिक किशोरीलाई नै पेशेवर पीडित भनी उल्लेख गरेपछि उनीविरुद्ध सामाजिक सञ्जालमै चर्को विरोध भएको हो ।

गायक परियारले सन्दीप लामिछानेको नाम नलिई पेशेवर पीडितहरुको गिरोहले नेपालको गरीमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल भइरहेको आरोप लगाएका छन् ।

उनले नेपालमा मौलाएको बलात्कार व्यावसायको भण्डाफोर गर्न जरुरी रहेको भन्दै अनुसन्धानबाट नियतवश बलात्कारी नै हो भने कानूनतः छुट नहोस भनेका छन् ।

यद्यपि उनले देशका सबै आईकनलाई सिध्याउने नियतसहितको केश अवस्था हो भने नेपाल सरकार, नेपाल प्रहरी र अदालत सबै निकाय यस विषयमा संवेदनशील हुनुपर्ने बताएका छन् ।

दुःखी आत्माहरुले आफ्नो प्रसिद्धि, प्रतिष्ठा एउटा नाबालिक प्रशंसकप्रति यौनको भोक मेटाउन प्रयोग गरेको हो भने मुलाहरुको ‘सामान’ काट्ने कानून आए पनि आफू राजी हुने उनले उल्लेख गरेका छन् ।

उनको फेसबुक स्ट्याटस यस्तो छ :

सम्मानीय नेपाल सरकार , यो पेशेवर पीडित भनौँदाहरुलाई पनि व्यवस्थित गरी कारवाही गर्ने कुनै कानूनको धारा होला नी ? कि नेपालको गरीमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ ? यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरुको देश नेपाल हो भन्ने नजीर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो, कृपया अनुसन्धान होस्, होइन भने बलात्कारी आरोपको प्रधानमन्त्री, बलात्कारी आरोपको मेयर, बलात्कारी आरोपको कलाकार, बलात्कारी आरोपको संस्कृतिविद्, बलात्कारी आरोपको वैज्ञानिक, बलात्कारी आरोपको किसान, बलात्कारी आरोपको शिक्षाविद्, बलात्कारी आरोपको खेलाडी, बलात्कारी आरोपको सामाजसेवी भएको देश नेपाल हो भनेर विश्व मानचित्रमा दर्ज हुन बेर लाग्ने छैन, यी बलात्कारी गिरोहको पर्दाफास र सन्निकट हुन जरुरी देख्दछु म,्र कृपया यतिबेला सबै वर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरुले नेपालमा मौलाएको बलात्कार व्यावसायको भण्डाफोर गर्न जरुरी देख्दछु, अनुसन्धानबाट नियतवश बलात्कारी नै हो भने कानुनतः छुट नहोस, तर देशका सबै आईकनलाई सिध्याउने नियतसहितको केश अवस्था हो भने सम्माननीय नेपाल सरकार, नेपाल प्रहरी र अदालत सबै निकाय यस विषयमा संवेदनशील हुनु पर्ने अवस्था देख्दछु, तर तर दुःखी आत्माहरुले आफ्नो प्रसिद्धि, प्रतिष्ठा एउटा नाबालिक प्रशंसकप्रति यौनको भोक मेटाउन प्रयोग गरेको हो भने मुलाहरुको सामान काट्ने कानून आए पनि म राजी छु सरकार,

– शिव परियार

आफ्नो फेसबुक पेजमा गायक परियारले यस्तो टिप्पणी गरेपछि उनीविरुद्ध व्यापक विरोधसहित टिप्पणी गरिएको छ ।

केही टिप्पणी यस्ता छन् :

रमेश खत्री– पीडित चैँ पेशेवर अनि तिमीहरु सो कल्ड सेलिब्रेटी चैँ दुधले नुहाएका हुन्छौ गल्ति नै नगर्ने ।

ठकुरी निर्मल– राष्ट्रिय खेलाडी त्यसमा पनि कप्तान जस्तो पदमा आसिन ब्यक्तीले उमेर नपुगेको बालिकालाई होटल होटलमा लैजानु भन्दा पहिला सोच्नु पर्ने थियो । जबकी पल शाहको केश सेलाएको छैन ।

धर्मराज गौतम– नाबालिगले घरमै बोलाएर ढोका आफैँले बन्द गरेर यौन सम्पर्कको लागि आग्रह गरेकै भए पनि कानूनको नजरमा त्यो बलात्कार हो। यति कुरा बुझे धेरै दिमाग दुखाउनु पर्दैन।

आरती रुचाल– भोलि १० वर्षकी बच्चीलाई फकाएर होटेलमा पुर्याउलान अनि त्यहाँनिर त्यो बच्ची दोष हुन्छ कि फकाएर लाएर जबर्जस्ती गर्नेको दोष हुन्छ हजुर ?

दीक्षा डि कट्टेल– घर बसिराख्दा पनि आरोप लाउन मिलेको कि दस दुनियाँसँग रासलीला मच्चाउँदा परेको हो गायकज्यु ?

शारदा शर्मा– शब्द चयनमा ध्यान पुगेन शिव परियार सर

आरती रुचाल– किन डराएको दाइ ? सेलीब्रेटी भनौँदाहरुले सोच्न पर्छ कि पर्दैन ? मेरो यो गल्तीले भोलि बदनाम होला सजायको भागिदार हुनु पर्यो भने के होला भनेर आफैँ पनि सजग हुन पर्नी होइनर ? कलिला बच्चालाई फकाएर सम्बन्ध राख्नेले देश इज्जत मात्र राख्दैनन बेइज्जत पनि गर्छन् तपाईं जस्ता सेलीब्रेटीले यस्तै सोच्यो भने अझै यस्ता घटना घट्छन।

आरती रुचाल– नाबालिगको हक र अधिकार कानूनबमोजिम सुनुश्चित गरिदिनु पर्ने तपाईं हामीलगायत सबैको दायित्व र कर्तव्यभित्र पर्छ।

निराजन थापा– पुरूष अहंकारलाई सम्हालेर राखुम परियारजी । तिम्रा छोरी चेलीमाथि यस्तै पर्यो भने के तिमी यस्तै लेख्न, बक्न समर्थ हुनेछौ ?

सूर्यमान इधिङ्गो– सामान टुंगोमा राख्नु पर्यो है सेलिब्रेटी हो

बलबहादुर घर्ती आरजीएम– यस्तो के लेखेको शिवे ? स्टारिज्म हुँदैमा सबै मान्छे निर्दोष हुन्छन् भन्ने हुन्छ ? हेरन यसको पनि मुटु काप्न लागेको ?

दृश्य अनलाइन पावर– नेपाल संविधानले १७ वर्षदेखि मुनिकालाई नाबालिक भन्छन्। तपाईं भन्नुस् कति वर्षका बालबालिकासँग यौन सम्बन्ध बनाउन पाउनुपर्छ जस्तो लाग्छ ?

प्रकाश क्षेत्री– कानूनले नाबालिका भनेर किन विशेष अधिकार दिएको हो शिवजी… तपाईं एक जना सेलिब्रेटी तपाईंले आफ्नो पपुलारिटीको दुरुपयोग गरेर अन्डर एजलाई प्रभावमा पारेर सेक्स गर्न पाउनुपर्छ भन्न खोज्नुभएको हो, नाबालिकाको संरक्षण गर्नु तपाईं जस्ता समाजका हरेक प्रतिस्ठित व्यक्तिहरु दायित्व हो, अपराधले को कति पपुलर भनेर प्राथमिकता दिएको हुँदैन…

चन्दा स्त्री– अगुल्टोले हानेको जनावर बिजुली चम्किँदा तर्सिन्छ भनेको यही हो

अविरल पनेरु– कुरा ठीक हो। तर कानूनअनुसार १८ वर्ष मुनिको बालिकालाई फकाएर अथवा सहमतिमै भएनी त्यसलाई बलात्कार नै मानिन्छ । २५ वर्षको केटाले ती नानीलाई सम्झाउने हो होटल लयर फाइदा उठाउने हैन