१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नागरिकता विधेयक: निरन्तर छलफलमा राष्ट्रपति,आज उपेन्द्रसँग छलफल

आजै पूर्व सुरक्षा अधिकारीसँग पनि छलफल गर्दै

नागरिकता विधेयक: निरन्तर छलफलमा राष्ट्रपति,आज उपेन्द्रसँग छलफल
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विवादास्पद’ नागरिकता विधेयकका सम्बन्धमा विभिन्न पक्षसंग छलफल गरिरहनु भएको छ । यसैक्रममा राष्ट्रपतिले आज जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गर्न लाग्नु भएको छ ।

दिउसो २ बजे यादबलाई शितलनिवास बोलाईएको जनाईएको छ । राष्ट्रपतिले आजै पूर्व सुरक्षा अधिकारीसँग पनि छलफल गर्न लाग्नु भएको बताइएको छ ।

हिजो बुधबार यसै बिषयमा उहाँले साना पाँच बामपन्थी दलसँग छलफल गर्नु भएको छ । राष्ट्रपतिसँग छलफल गर्न नेकपा क्रान्तिकारी माओवादी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेतालगायत शितल निवास जानु भएको थियो ।

छलफलमा नेताहरुले नागरिकता विधेयकका बारेमा राष्ट्रपतिले लिनु भएको कदम सही भए पनि संसदले त्यसको गम्भीरता नबुझेको बताएका थिए । उनीहरुले नागरिकता विधेयकका विषयमा संसद गैरजिम्मेवार भएको टिप्पणी गर्दै देशका लागि सुझबुझपूर्ण निर्णय गर्नुपर्ने बेला हतार हतारमा विधेयक पारित गर्नु दुःखद भएको बताएका थिए ।

राष्ट्रपति भण्डारीले हिजै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग पछि छलफल गर्नु भएको छ ।

यसअघि राष्ट्रपति भण्डारीले प्रमाणीकरणका लागि नागरिकता विधेयक संसदमा पुनर्विचारका लागि फिर्ता पठाउनुअघि पनि पूर्व सुरक्षा अधिकारीहरुलाई बोलाएर छलफल गर्नु भएको थियो ।

संसद्ले पुनः सो विधेयकलाई जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइसकेको छ ।