२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौतारीबाट समानुपातिकका लागि बस्नेत र शर्मा सिफारिस



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपालले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको समानुपातिक सांसदतर्फ सङ्गठनका अध्यक्ष गणेश बस्नेत र सल्लाहकार निर्मला शर्मालाई उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।

चौतारीको सचिवालयको बैठकले उहाँहरूलाई उम्मेदवारका रुपमा नेकपा ९एमाले० लाई सिफारिस गरेको सो सङ्गठनका महासचिव हीरामान लामाले जानकारी दिनुभयो । एमालेले सबै जनसङ्गठन र मातहतका जिल्ला कमिटीलाई यही भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न समय दिएको थियो ।रासस