२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध



अ+ अ-

मकवानपुर । वर्षाका कारण आएको पहिराले मकवानपुरको सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ तिरतिरेधारामा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार सडक विभागका कर्मचारीले अहिले पहिरो हटाइरहेका छन् । आज अपराह्नसम्ममा यातायात सेवा पुनः सञ्चालनमा ल्याइने इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिनुभयो ।

पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रुहरु साना सवारीसाधन प्रयोग गरी वैकल्पिक सडकमार्फत गन्तव्यतर्फ लागेका कार्कीले बताउनुभयो ।