१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

भट्ट फाँटका कुमाल ड्रागन फलको खेतीमा लोभिँदै

भट्ट फाँटका कुमाल ड्रागन फलको खेतीमा लोभिँदै
अ अ+ अ-

गण्डकी । एक दशकअघिसम्म लटरम्म भट्ट फल्ने भएकाले गोरखाको पालुङटार नगरपालिका– ७ च्याङ्ली भट्ट फाँटका रुपमा परिचित थियो ।

समयक्रमसँगै कृषिप्रतिको अनिइच्छाका कारण यतिखेर यो गाउँमा अहिले पहिलेको जस्तो भट्ट पाइँदैन । च्याङ्लीको कालो भट्टको बजारमा राम्रो माग भए पनि अहिले उक्त भट्ट नै लोपोन्मुख अवस्थामा पुगेको छ ।

त्यही भट्ट फाँटमा युवा केबी कुमालले यतिखेर १२ रोपनी क्षेत्रफलमा ड्रागनखेती थाल्नुभएको छ । एक वर्षअघिदेखि चार हजार बिरुवा लगाउनुभएको उहाँको गण्डकी ड्रागन फ्रुट तथा कृषि फार्ममा एक वर्षमा नै ड्रागन फलको उत्पादन सुरु भइसकेको छ । मुख्य पेशा बैंकिङ रहे पनि विद्यार्थीकालदेखि नै कृषिप्रति आकर्षित कुमालले एक हजार खम्बामा चार/चारवटा बिरुवाका दरले चार हजार बिरुवा लगाउनुभएको छ ।

मलेसियन प्रजातिको रातो ड्रागन फलका बिरुवा नवलपरासीबाट ल्याएको जानकारी दिँदै लगाएको एक वर्षमा नै फल्न थालेपछि आफू उत्साहित बनेको उहाँले बताउनुभयो । हालसम्म ७० किलो बिक्री गरिसकेको र बजारमा प्रतिकिलो रु ८०० दरले बिक्री भइराखेको उहाँले बताउनुभयो ।

कुमालको फार्ममा पृथ्वीराजमार्गको पोखरा–काठमाडौँ मार्गको डुम्रे बजारबाट तीन किलोमिटर तल नयाँ पुल बजारबाट करिब डेढ किमी दूरी पार गरेपछि पुग्न सकिन्छ । फार्मसम्म आउनका लागि ग्राभेलयुक्त बाटो रहेको उहाँले जानकारी दिनुभयो ।

फार्म सञ्चालनसँगै एक जना युवाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अन्यले दिनप्रतिदिन अप्रत्यक्षरुपमा रोजगारी पाइराखेका छन् । तत्कालीन समयमा प्रतिबिरुवा पाँच सयका दरले चार हजार बिरुवा ल्याएका कुमालले त्यसको पिल्लर निर्माण, टायर खरिद आदि गरी हालसम्म करिब ६० लाख रुपैयाँ खर्च भइसकेको जानकारी दिनुभयो ।

यसका लागि बजार समस्या नरहेको जानकारी दिँदै उहाँले मुख्य बजारमा यसको माग रहेको बताउनुभयो । उहाँका अनुसार सामान्यतः एउटा बोटबाट १५÷२० किलोसम्म फल्ने देखिएको छ ।

यो फल दक्षिण अमेरिकाको मेक्सिकोमा फल्ने सिउँडी प्रजातिको रैथाने फल हो । यसको बोट सिउँडीको जस्तै हुन्छ । एशियामा पहिलोपटक भियतनामले भित्र्याएको यो फल थाइल्यान्ड, मलेसिया र इन्डोनेशिया हुँदै पछिल्लो समयमा नेपालीको पनि आकर्षण बन्दै गएको छ ।

“हाइलोसेरुस अन्डटुस” वैज्ञानिक नाम रहेको यसलाई मुन लभर्स, रात कि रानी, रातकी घण्टी, क्यान्डेलेरा आदि नामले पनि चिनिन्छ । नेपालमा पहिलोपटक २०५७ सालमा भित्रिएको मानिने यो फलको पछिल्ला वर्षमा ठाउँठाउँमा व्यासायिक खेती थालिएको छ ।

यसको खेतीका लागि धेरै पानी तथा मल आवश्यक नपर्ने पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कँडरियाले जानकारी दिनुभयो । नेपालका धेरै स्थानमा यसको खेती गर्न सकिने बताउँदै उहाँले यसबाट सर्वसाधारणलाई आयआर्जनसँग जोड्ने पर्याप्त सम्भावना रहेको बताउनुभयो ।

बहुऔषधीय गुण रहने यो फल मधुमेह, बाथरोग, क्यान्सर, पेटको समस्या लगायतमा उपयोगी हुने प्रमाणित भइसकेको छ । पछिल्ला समयमा प्रमुख बजारमा बिक्रीवितरण हुने गरेको यसको राज्यस्तरबाट प्रवद्र्धनको खाँचो रहेको व्यवसायी कुमालले बताउनुभयो ।

कृषि महाशाखा प्रमुख कँडरियाका अनुसार ड्रागनका लागि दक्षिणी मोहडायुक्त, घमाइलो स्थान आवश्यक हुन्छ । यसको बिरुवा एक वा एक वर्षभन्दा बढी उमेरको बिरुवाबाट काटेर निकाल्न सकिन्छ । एकपटक उत्पादन सुरु गरिसकेपछि करिब २५ वर्षसम्म यसको उत्पादन निरन्तर लिन सकिन्छ ।

प्रमुख मात्रामा एन्टिअक्सिडेन्ट, ओमेगा, भिटामिन सी, फलाम र प्रशस्त मात्रामा पानी पाइने यस फलमा छालालाई चाहिने तत्व पाइनुका साथै प्रशस्त फाइबर हुने भएकाले पाचन प्रणालीलाई समेत यसले चुस्तदुरुस्त बनाउने गर्दछ । यसमा क्यालसियम पाइने भएकाले दाँत र हड्डी बलियो बनाउँछ । त्यस्तै डेङ्गु, सुगर, मुटु आदि रोगीका साथै बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिलाका लागि उपयोगी हुन्छ । उच्च रक्तचाप र कोलेस्ट्रोरको सन्तुलनका साथै कब्जियत, मोटोपन, क्यान्सर आदिमा यो उपयोगी हुन्छ ।

बिरुवा लगाउँदा सकेसम्म एक फिटसम्मको बिरुवा आवश्यक हुने बताउँदै कुमालले सकेसम्म कलिलो बिरुवा लगाउन नहुने कुमालले जानकारी दिनुभयो ।

कुमालले भट्ट फाँटमा ड्रागनखेती गरेसँगै च्याङ्लीका अन्य स्थानीय पनि दङ्ग छन् । गाउँमा नयाँ जातको खेती सुरु गरिँदा आफूहरूमा पनि यसबारे जिज्ञासा बढाएको स्थानीय बासिन्दा देउकुमारी कुमालले बताउनुभयो । रासस