१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

उम्मेदवार मनोनयन भएको मितिबाटै संसदको कार्यकाल सकिने व्यवस्था गरौँ: महामन्त्री थापा

उम्मेदवार मनोनयन भएको मितिबाटै संसदको कार्यकाल सकिने व्यवस्था गरौँ:  महामन्त्री थापा
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसदको कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्न उपयुक्त हुने बताउनु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै महामन्त्री थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने भन्दा पनि सो निर्वाचनका लागि उम्मेदवार मनोनयन गरेपछि सांसद पद नरहने गरी आवश्यक व्यवस्था गर्न उपयुक्त हुने धारणा राख्नु भएको हो । उहाँले पछिल्ला केही समययता आएर सांसदहरु १/२ महिनाको पारिश्रमिकका लागि मरिहत्ते गर्छन भन्ने गलत सन्देश बाहिर गएको उल्लेख गर्दै संसदलाई नै दाग लगाउने त्यस्ता खालका सन्देशहरु प्रवाह हुन नदिन सत्तापक्ष र प्रतिपक्ष एक ठाउँ उभिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

महामन्त्री थापाले भन्नु भयो, ‘मूलतः प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको विषयमा संसद भित्र पनि संसद बाहिर पनि चासाको विषय बन्यो । हामीले समयको ख्याल गर्नुपर्छ भन्ने कुराको यो प्रमाण हो । हामीले संविधानका जुन खालको व्यवस्था गरेको छौं–तीन तहको सरकार, संसद, त्यसको निर्वाचन अवधिहरु तोकेका छौं । त्यसको कार्यकालको सन्दर्भमा ऐनबाट हामीले स्पष्ट व्यवस्था गर्नुपर्नेछ । त्यो काम हामीले समयमै गर्न चुक्दाखेरी यो खालको स्थिति सृजना भएको छ । स्थानीय तह निर्वाचन भन्दा अगाडि नै स्थानीय तहको कार्यकालको विषयमा पनि, प्रदेशसभा र प्रतिनिधिसभाको पनि कार्यकालको बारेमा शान्त अवस्थामा नै छलफल गरेर टुंगो भए अहिले निर्वाचन नजिक आएको बेलाभन्दा फरक अवस्था हुन्थ्यो होला भन्ने मलाई लाग्दछ । लगाएको भए । यो कसरी बाहिर प्रस्तुत भएको छ भने मानौं यो हामीहरु एक÷दुई महिनाको पारिश्रमिक र सेवा, सुविधा लिने कुराको निम्ति हामी सबै महिहत्तै गरिरहेका छौं । त्यो नै सर्वाधिक महत्वको कुरो हो जस्तो गरिएको छ । कोही यहाँ पारिश्रमिक लिने पक्षमा छौं, कोही यहाँ नलिने पक्षमा छौं मानौं, एक दुई महिनाको तलवको लागि सांसदहरु मरिहत्ते गरिरहेका भन्ने ढंगलबाट यसलाई बाहिर बुझिएको छ, बुझाइएको छ । र, कतिपय सन्दर्भमा यो बुझ्दै गर्दाखेरी सरकारवालाहरुलाई मात्रै लागेको होला दोष भन्ने कतिलाई लाग्ला पनि । तर, कहिलेकाँही संसदको प्रतिष्ठाको लागि हामी एक ठाउँ उभिनुपर्छ । हामी उभिएनौं भनेदेखि त्यसको दाग हामी सबैलाई लाग्छ । यतातिर पनि हेक्का राखौं भन्ने लाग्छ मलाई । यो अहिले प्रस्तुत भएको सन्दर्भमा हामी निर्वाचनपछि आउने संसदले लामो बहस, छलफल गर्ला । आवश्यक परे संविधान संशोधन पनि गर्ला । अहिलेको लागि भने भने माननीय मन्त्रीज्यूको ध्यानआकृष्ट गर्न चाहन्छु–हामी जुन मनोनयन गर्न गर्छौं, त्योसँगसँगै हाम्रो आफ्नो पद जान्छ । सांसद पद जान्छ । र, कार्यकालको गणना गर्ने सन्दर्भमा पनि हामीले अन्तिम मत परिणाम जुन प्रकाशन हुन्छ, त्यसको दिनबाट गणना हुने गरीकन संशोधन भएर जाओस भन्ने कुरा मैले मैले आफ्नो संशोधन राखेको छु ।’

महामन्त्री थापाले मत परिणाम घोषणा भएको अन्तिम दिनबाट आधार मानी प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल तोक्नुपर्ने पनि बताउनु भयो ।