१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विदेशबाट फर्केका युवा भन्छन्: सरकारले सहयोग गर्नुपर्छ

विदेशबाट फर्केका युवा भन्छन्: सरकारले सहयोग गर्नुपर्छ
फाईल फोटो
अ अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा अघिल्लो आर्थिक वर्षमा छ हजार नौ सय ३३ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको तथ्याङ्क छ । राहदानी लिनेमा महिला पुरुष लगभग बराबरी छन् ।

जिल्लामा राहदानी बनाउनेमध्ये वैदेशिक रोजगारीमा जाने मात्र नभएर विदेशमा उच्च शिक्षा अध्ययन र वैदेशिक भ्रमणमा जाने पनि पर्दछ । तर अधिकांश युवा श्रमकै लागि विदेशिने गरेका छन् ।

वैदेशिक रोजगारीका क्रममा केही वर्ष मलेसिया बसेर आउनुभएका मेलम्ची–७ का कृष्णलाल श्रेष्ठ तरकारीखेती गरिरहनुभएको छ । उहाँले अब विदेश नजाने भन्दै आफ्नो पेशालाई निरन्तरता दिने बताउनुहुन्छ । उहाँले आफूजस्ता युवा तथा कृषकका लागि तिनै तहका सरकारको सहयोग गनुपर्ने उहाँको भनाइ छ ।

दुबईबाट फर्कनुभएका पाँचपोखरी थाङ्पाल गाउँपालिका युराज भट्टराई तीन तहका सरकारले युवालक्षित स्वरोजगारमूलक कार्यक्रम ल्याउनुपर्ने बताउनुहुन्छ । “आफ्नो सीप, दक्षता र क्षमताका आधारमा स्वदेशमै केही गरौँ भन्ने विदेशवाट फर्केका युवाका लागि सही व्यवस्थापन गर्नसकेमा विदेशबाट फर्केका मात्र नभई स्वदेशकै युवाले पनि अवसर पाउने थिए”, उहाँले भन्नुभयो ।

अहिले कतिपय स्थानीय तहले विशेष गरेर विदेशबाट फर्केकाको समस्या सम्बोधन गर्ने प्रयास पनि गर्न थालेका छन् । उनीहरुलाई सामूहिक लगानीको अवसर सिर्जना गरेर स्वरोजगार र आत्मनिर्भर बनाउन व्यावसायिक योजनाको छनोट गरिरहेको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

पाँचपोखरीका नागरिकको आम्दानीको मुख्य स्रोतमध्ये वैदेशिक रोजगार पनि हो । यहाँका अधिकांश युवा विदेशिने गरेका छन् । विदेशबाटै फर्कनुभएका मेलम्ची– ७ का श्रीकृष्ण श्रेष्ठ गाउँमै रोजगारको अवसर र लगानी गरेर कमाउने वातावरण सरकारले बनाउनुपर्ने बताउनुहुन्छ ।