• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

पञ्चायत र गणतन्त्रमा के फरक छ ? – प्रेम सुवाल



काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारसँग पञ्चायत र गण्तन्त्रमा के फरक छ भनी प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारले पेश गरेको ‘केही नेपाल ऐन संशोधन’ विधेयकमाथिको प्रतिनिधिसभाको समयावधि थप गर्ने प्रस्तावमा संशोधन प्रस्ताव पेश गर्दै उहाँले पञ्चायती व्यवस्थामा जस्तै पदमै बसेर निर्वाचनमा उम्मेदवारी अहिले गणतन्त्रमा पनि आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पञ्चायतको ३० वर्ष पनि पदमा बसेर चुनाव लड्ने कुराको हामीले विरोध गर्यौं, त्यसपछि बहुदल र गणतन्त्र आयो । अहिले गणतन्त्रमा पनि सरकारमै बसेर चुनाव लड्ने कुरा आयो त्यसकारण पञ्चायत र गणतन्त्रमा के फरक छ ?”

पात्र फरक भए पनि काम भने उही हुने गरेको उहाँको भनाइ थियो । निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन सरकार गठन हुने र प्रतिनिधिसभाको अन्त्य हुने भनी लेखिएको भए अहिले आएर यस्तो समस्यै नहुने उहाँले बताउनुभयो ।