• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन एमालेको आग्रह



काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको चौथो बैठकको निर्णयबमोजिम पार्टीले यही भदौ २२ गतेसम्ममा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरी पठाउन अनुरोध गरेको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्ने काम पार्टीका मातहत कमिटीमा धमाधम भइरहेको भन्दै एमालेले भदौ २२ गतेसम्म सिफारिस गरिएका नाम पठाउन अनुरोध गरेको हो ।

पार्टीले उम्मेदवारका रूपमा नाम सिफारिस भएका व्यक्तिहरूको नाम पार्टी केन्द्रीय कार्यालयमा पठाउँदा निर्वाचन आयोगको अनुसूची १४ र १७ बमोजिम पठाउन समेत आग्रह गरेको छ ।

निर्वाचन आयोगको अनुसूचि १४ र १७ बमोजिम मञ्जुरीनामामा हस्ताक्षर गर्नुपर्ने भएकाले सम्बन्धित कमिटीले उक्त अनुसूचीका साथै नेपाली नागरिकताको प्रमाणपत्र, सम्पत्ति विवरण फाराम (सिलबन्दी गरी पेश गर्नुहुन), मतदाता नामावलीमा नाम भएको विवरण, मतदाता क्रम संख्या, वडा नं, गाउँ÷नगरपालिका, प्रदेश र जिल्लासहितको विवरण पेस गर्नुपर्ने उल्लेख गरेको छ ।