६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनबीच प्रतिनिधिसभाको आयु नथप्ने सहमति: प्रचण्ड



अ+ अ-

धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा प्रतिनिधिसभाको आयु नलम्ब्याउनेबारे सहमति भएको बताउनुभएको छ ।

सरकारले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८९ मार्फत प्रतिनिधिसभाको आयु थप्न खोजेको थियो । यसको चौतर्फी आलोचना भएको थियो । निर्वाचन आयोगले समेत सरकारको सो कदमप्रति असहमति जनाइसकेको छ ।

धनगढीमा बोल्दै अध्यक्ष प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभाको आयु थप्ने प्रस्ताव फिर्ता हुने जानकारी दिनुभयो ।

“आयु लम्ब्याउन हुँदैन भनेर गठबन्धनमा बसेर छलफल भएको छ । एकदिन पनि यताउता गर्नु हुँदैन”, उहाँले भन्नुभयो, “मंसिर ४ गते चुनाव हुन्छ । मनोनयनपछि संसद् रहँदैन । एकदम क्लियर छ त्यहाँ द्वविधा हुनै पर्दैन ।”

केही प्राविधिक कारणले प्रतिनिधिसभाको समयावधि थप्न खोजिए पनि निर्वाचनअघि द्विविधा पार्न नहुनेमा गठबन्धन दलहरुबीच सहमति भएको उहाँको भनाइ थियो ।