९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस क्रियाशील सदस्यताको प्रतिवेदन आज बुझाइने



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याउँदै आज त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाउने भएको छ ।

क्रियाशील सदस्यता विवाद टुङ्ग्याउने जिम्मेवारी पाएका नेताहरुले आज साँझ सभापति देउवालाई सो प्रतिवेदन बुझाउन लागेका हुन् । 

पार्टीको गाउँरनगर वडा अधिवेशनका लागि क्रियाशील सदस्य मतदाता हुन्छन् । कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले गत साउन १२ गते क्रियाशील सदस्यता विवरणको अधिकांश कार्य सम्पन्न गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो । 

उक्त प्रतिवेदन गत साउन ३० गते सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले पारित गरी प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी कार्य पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मेवारी दिएको थियो ।