३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

यती एयरलाइन्सद्वारा ७० सिट क्षमताको नयाँ विमान थप

यती एयरलाइन्सद्वारा ७० सिट क्षमताको नयाँ विमान थप
यती एयरलाइन्स (फाइल तस्वीर)
अ+ अ-

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाइन्सले नयाँ विमान थप गरेको छ । यसअघि पाँच वटा विमान सञ्चालन गर्दै आएको यतीले आजदेखि नयाँ विमान थप गरेको हो ।

यती एयरलाइन्सको छैटौँ विमान आज दिउँसो ३ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

यतीले ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अस्ट्रेलिया, सिङ्गापुर, थाइल्याण्ड हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याउनुभएको हो ।

एमएसएन नं ९८६ सिरिजको उक्त विमानको पहिलो उडान सन् २०११ मा भएको थियो । जम्मा १० हजार साइकल मात्र उडान गरेको उक्त विमान नेपालमा उडान गर्ने अन्य विमानभन्दा पछिल्लो विमान भएको सो एयरलाइन्सले जनाएको छ । एक अवतरणमा एक साइकल गणना हुने उक्त विमानको जम्मा ७० हजार साइकल उडान गर्नसक्ने क्षमता रहेको छ ।

विमान सङ्ख्या थप गरेको यतीले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने नीति लिएको प्रवक्ता बर्तौलाले जानकारी दिनुभयो । “विमानको आवश्यक कागजी प्रक्रिया पूरा गरी रङरोगन गरेपश्चात् विमानले दसैँ अगाडि नै उडान गर्नेछ, यसले गर्दा दसैँको बेला हुने टिकट अभावलाई पूरा गर्न सहयोग पुग्ने विश्वास लिएका छौँ”, प्रवक्ता बर्तौलाले भन्नुभयो ।

यतीले चालु आर्थिक वर्षमा अर्को विमान थप गर्ने लक्ष्यसमेत लिएको छ । विमान थप भएपछि पाँच वटा विमानलाई आधार बनाई उडान गर्ने र एउटा विमानलाई जगेडामा राखी मर्मत तथा उडान ढिला हुँदा प्रयोग गरिने सो एयरलाइन्सले जनाएको छ ।

नयाँ थप गरिएको एटीआर ७२–५०० टर्बोप्रप विमान अन्य विमानभन्दा उत्कृष्ट भएको सो एयरलाइन्सले दाबी गरेको छ । उक्त विमानमा यात्रा गर्दा कम आवाज र कम्पन हुने प्रवक्ता बर्तौलाको भनाइ छ । उक्त विमानले अन्य विमानको तुलनामा कम कार्बन उत्सर्जन गर्नेछ ।

यतीले हाल नेपालको राजधानी काठमाडौँबाट चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्जलगायतका ठाउँमा उडान गर्दै आएको छ भने सो एयरलाइन्सको भगिनी संस्था तारा एयरले लुक्ला, फाप्लु, मुस्ताङ, हुम्ला, जुम्लालगायका ठाउँमा उडान भर्दै आएको छ । रासस