३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

कुश्मामा ज्ञादी पुलले खोलेको पर्यटनको ढोका

कुश्मामा ज्ञादी पुलले खोलेको पर्यटनको ढोका
पर्वतको सदरमुकाम कुश्मा
अ+ अ-

कुश्मा । अब सदरमुकाम कुश्मा आइपुग्न पहिले जस्तो घण्टौँ लाग्दैन । कुश्मा–ज्ञादी झोलुङ्गे पुल बनेपछि दक्षिण भेगका स्थानीयवासीका लागि कुश्मा बजार सहज बनेको छ ।

यस झोलुङ्ले पुलले स्थानीयका लागि सहजता मात्र थपेन, पर्यटनको ढोकासमेत उघारिदियो । नेपालकै अग्लो तथा लामो झोलुङ्गे पुलका रुपमा देशभरि चर्चा बटुल्न पनि सफल भएको छ । “उनताका दूध बेच्न कुश्मा बजार आइन्थ्यो, बडगाउँबाट घाँस काटेर घर फर्कनुपथ्र्यो”, शङ्करपोखरकी ७२ वर्षीया उमाकुमारी तिवारीले भन्नुभयो, “बिहान घरबाट हिँडेको फर्कदा तीन÷चार बज्थ्यो, छोटो दिनमा त रातै हुन्थ्यो ।” अहिले उहाँको लागि कुश्मा र घर पानीपँधेरो जस्तै लाग्छ ।

गाउँमा यातायातको सहज पहुँच थिएन । सरकारी कामको लागि घण्टौ हिँडेर कुश्मा धाउनुपर्ने हुन्थ्यो । सामान्य घरायसी सामग्री खरिदका लागि पनि कुश्मा नै धाउनुपर्ने बाध्यता थियो । “हामी स्कुलको पोशाक सिलाउन, किताब किन्न, चलचित्र हेर्न र घरमा चाहिने सामान किन्न धेरैपटक कुश्मा आउने जाने गथ्र्यौं”, “पीपलटारी घर भई अहिले कुश्मा बजारमा व्यवसाय गर्दैै आउनुभएका राजु पौडेलले भन्नुभयो ।

कुश्मा–ज्ञादी झोलुङ्गे पुल नेपाली इञ्जिनीयरले बनाएको अग्लो तथा लामो झोलुङ्गु पुल पनि हो । एउटा डाँडाबाट ३४४ मिटरको दूरीमा पर्ने अर्को डाँडा त्यो पनि मोदी खोलादेखि १३५ मिटर माथिको उचाइमा पुल बनाउने कुरा धेरैका लागि कल्पनाभन्दा बाहिरको कुरा थियो । दुई डाँडालाई जोडन सकिन्छ र जोडेरै देखाउछु भन्दै दिनरात लागि परेका इन्जिनीयर सूर्यप्रकाश पौडेलको अठोट र विश्वासका कारण नै पुल निर्माण सम्भव भएको थियो । पौडेलसँगै पुल निर्माणमा जोडिएका पत्रकार भवानीप्रसाद शर्माले भन्नुभयो, “त्यतिबेला उहाँलाई स्थानीयवासीले त पागल नै भन्थे । तत्कालीन जिल्ला विकास समितिले पनि उहाँको कुरालाई हाँसोका रुपमा लिएको थियो ।”

धेरैका लागि असम्भव लाग्ने कुश्मा–ज्ञादी झोलुङ्गु पुल २०६७ सालमा निर्माण सम्पन्न भयो । यस झोलुङ्गे पुल पर्वतका लागि एउटा कोसेढुङ्गाका रुपमा स्थापित हुन पुग्यो । यो झोलुङ्गे पुल हेर्न र तर्नका लागि देश, विदेशका पर्यटक यहाँ आउने गर्दछन् । यस पुल निर्माणपछि यसकै सिको गरेर अग्ला तथा लामा झोलुङ्गे पुल एकपछि अर्को थपिँदै गएका छन् । बागलुङलाई पर्वतसँग जोड्न कुश्मा–कैया झोलुङ्गे पुल निर्माण गरियो । लगत्तै त्यसको छेउमै कुश्मा–मुडिकुवा झोलुङ्गे पुल थपियो । फेरि मुडिकुवा नै जोड्ने गरी अर्को मुडिकुवा–बलेवा झोलुङ्गे पुल बन्यो भने सदरमुकाम कुश्मालाई जोडने गरी खरेहामा कुश्मा–अधिकारी फाँट झोलुङ्गे पुलको निर्माण गरिएको छ ।

कुश्मा–ज्ञादी झोलुङ्गे पुलले केबलकार मोडलको यान्त्रिक पुल सञ्चालनका लागि पनि सम्भावनाको बाटो देखाइदियो । कुश्माको व्यवसाय ठप्प जस्तै भएका बेला ५०० बढी व्यवसायी तथा स्थानीयवासीले यान्त्रिक पुलको सुरुआत गरेका थिए । कालीगण्डकी खोँचले छुट्याएको बागलुङ र पर्वतलाई यान्त्रिक पुलले जोडने काम गरेको छ । दक्षिण बागलुङमा उत्पादन भएका कृषिउपज बिक्रीका लागि कुश्मामा आइपुग्छन् भने खाद्यान्नका सामान कुश्माबाट बागलुङतर्फ जाने गर्छन् । पुलले दुई जिल्लाकै व्यापार व्यवसायमा मद्दत पु¥याएको छ भने स्वास्थ्य, शिक्षा, रोजगारीमा पनि यसले सहजता प्रदान गरेको छ ।

पछिल्लो समय को पहिचानका लागि कुश्मामा सञ्चालनमा रहेको साहसिक खेल बञ्जीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । विश्वकै अग्लो स्विङ र दोस्रो बञ्जी ५२५ मिटर लामो झोलुङ्गे पुलको बीचमा कालीगण्डकी नदीको ठीक माथि २२८ मिटर उचाइमा बञ्जी र स्विङ ९पिङ० का लागि जम्प गर्ने स्थानको निर्माण गरिएको छ । बागलुङ र पर्वतलाई जोडेर बञ्जीका लागि झोलुङ्गे पुलको निर्माण गरिएको छ । बन्जीले पर्वतका व्यवसायलाई गति दिने काम गरेको छ । हिजो बाँदर लड्ने भिरपाखामा होटल तथा रेष्टुरेन्ट धमाधम निर्माण भइरहेका छन् ।

द क्लिफ प्रालिले सञ्चालन गरेको बञ्जी, स्विङ ९पिङ० लगायतका साहसिक खेल जेजति बनेका छन् ती सबै कुश्मा–ज्ञादी झोलुङ्गे पुलको नै देन भएको तत्कालीन पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले बताउनुभयो ।

पौडेलले केही साथीहरु मिलेर सबैभन्दा पहिले कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा बन्जी गराउन सकिन्छ भनेर सम्भाव्यता अध्ययनका लागि भोटेकोसी गएको बताउनुभयो । “हामी पर्वतका सांसद, उद्योग वाणिज्य सङ्घ र पर्यटन व्यवसायी मिलेर भोटेकोसी गएर बञ्जी ग¥यौँ”, उहाँले भन्नुभयो, “त्यहाँबाट प्राविधिक ल्याएर सम्भाव्यता अध्ययन पनि गरेका थियौँ तर केही साथीले सार्वजनिक पुलमा बञ्जी गराउन मिल्दैन भनेर विरोध गरेपछि रोकियौँ ।”

द क्लिफका मुख्य सञ्चालक राजु कार्कीसहितको समूहले सबैभन्दा पहिले कुश्मा–कैया झोलुङ्गे पुलमा बञ्जी गराउन लागिपरेको थियो । “कुश्मा–ज्ञादी झोलुङ्गे पुल बनेपछि अर्को ठाउँमा कुश्मा–कैया झोलुङ्गे पुल निर्माण गरेर सार्वजनिक निजी साझेदारीमा बन्जी गराउन सकिन्छ भनेर लागेका थियौँ ।”, द क्लिफका अर्का सञ्चालक नेत्र पराजुलीले भन्नुभयो, “तीन वर्ष लागि पर्दासमेत पुलमा बञ्जी गराउने कुरा नमिलेपछि जग्गा खोज्ने क्रममा चाकलेको डिलमा पुगेर आफ्नै निजी झोलुङ्गे पुल निर्माण गरी बञ्जी सञ्चालन गरेका हौँ ।”

कुश्मामा पछिल्लो समय साहसिक पर्यटकलाई लक्षित गरेर जीपलाइन सञ्चालनमा आएको छ । कुश्मा आउने पर्यटकलाई यसले थप मनोरञ्जन दिन सफल भएको छ । कालीगण्डकी नदीको खोँचमा रहेको सुपरम्यान शैलीको यो जीपलाइनको लम्बाइ एक हजार ४०० मिटर छ । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको सुरुआती गति प्रतिघन्टा १३० किलोमिटर हुने र गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने बताइएको छ । रासस