१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

गोरखाका सबै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले चुनावी कमाण्डर तोक्यो

गोरखाका सबै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले चुनावी कमाण्डर तोक्यो
अ अ+ अ-

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जिल्लास्थित सबै निर्वाचन क्षेत्र समन्वय समितिको जिम्मेवारी तोकेको छ । जिल्ला समन्वय समितिको आइतबार बसेको पूर्ण बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मेवारी बाँडफाँट गरेको पार्टीका जिल्ला संयोजक विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ समन्वय समितिको इन्चार्जमा अमर तमु, संयोजकमा छमबहादुर गुरुङ, सचिवमा अङ्कुर तिमिल्सेना (आयाम)लाई जिम्मेवारी दिएको छ ।

त्यस्तै क्षेत्र नं १ अन्तर्गत प्रदेश सभा (क) मा इन्चार्जमा लेखबहादुर थापा, संयोजकमा शोभा लामिछाने, सचिवमा जीवन गुरुङलाई जिम्मेवारी दिइएको उहाँले बताउनुभयो । त्यस्तै प्रदेश (ख) को इन्चार्जमा सुशीला सिम्खडा, संयोजकमा ऋषि खनाल, सचिवमा प्रेमचन्द्र श्रेष्ठलाई चयन गरिएको जिल्ला संयोजक भट्टले जानकारी दिनुभयो ।

बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को इन्चार्जमा परशुराम रम्मेल, सह इन्चार्जमा खोपबहादुर कँडेल, संयोजकमा भुवन सुनार र सचिवमा रामकुमार कोइरालालाई चयन गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ (क( को इन्चार्जमा कमला नहर्की, संयोजकमा रामचन्द्र सेडाइँ, सचिवमा सुदिप नगरकोटी तथा (ख) को इन्चाजमा दीपक देवकोटा, संयोजकमा नवराज पुडासैनी र सचिवमा सुनिल परियारलाई चयन गरिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो । जिल्लाभित्रका सबै पालिकामा निर्वाचन रणनीति तय गर्नका लागि तत्काल बैठक बस्ने निर्णयसमेत गरेको छ ।