३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

नेपाली पर्यटकलाई विदेशमा सहज घुम्न पाउने व्यवस्था गर्न नाट्टाको माग

नेपाली पर्यटकलाई विदेशमा सहज घुम्न पाउने व्यवस्था गर्न नाट्टाको माग
अ+ अ-

काठमाडौँ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाली पर्यटकलाई विदेशमा सहज रुपमा घुम्न पाउने व्यवस्था गर्न माग गरेको छ ।

नाट्टाका अध्यक्ष रमेश थापाले आज एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले हालसालै जारी गरेको ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमतिसम्बन्धी कार्यविधि–२०७९’ ले नेपाली पर्यटकलाई विदेश भ्रमणमा जान निषेधात्मक प्रावधान राखेको भन्दै त्यसलाई सच्याएर सहजरुपमा विदेश घुम्न पाउने व्यवस्था गर्न माग गर्नुभएको हो ।

सरकारले ल्याएको कार्यविधिले नेपाली पर्यटकको स्वतन्त्रतापूर्वक घुमफिर गर्न पाउने नैसर्गिक अधिकारलाई चुनौती दिएको नाट्टाले बताएको छ । “गैरकानुनी तवरबाट नेपाली नागरिकलाई विदेश लैजाने र अलपत्र पार्ने घटना नियन्त्रणमा सरकारले गरेको काममा नाट्टाको समर्थन रहेको छ, तर विदेश भ्रमणमा जान चाहने पर्यटक र भ्रमण व्यवस्थापन गर्ने पर्यटन व्यवसायीलाई निषेध र हतोत्साहित गर्ने नियतका साथ ल्याइएको कार्यविधिले पर्यटक व्यवसायी मर्कामा परेका छन्”, नाट्टाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

नाट्टाले नेपाली पर्यटक गन्तव्य देशमा जानुपूर्व कम्तीमा दुई देशको भ्रमण गरेको हुनुपर्ने, गन्तव्य मुलुकको होटलको वेभसाइटमा खुल्नेगरी होटल बुकिङको प्रमाण पेस गर्नुपर्ने, ट्राभल्स एजेन्सीले तोकिएको मुलुकमा पर्यटक भिसामा भ्रमणमा जाने नेपाली पर्यटकको टिकट व्यवस्थापन गर्नुपूर्व अध्यागमन विभागबाट स्वीकृत लिनुपर्ने, आफ्नो एजेन्सीमार्फत पर्यटक भिसामा गएका पर्यटकलाई तोकिएको मितिमा नेपाल फर्काउने र त्यसको प्रतिवेदन अध्यागमनमा पेस गर्नुपर्ने बाध्यकारी व्यवस्था पर्यटन व्यवसायी विरोधी प्रावधान भएको बताएको छ ।

अध्यक्ष थापाले पर्यटन व्यवसायी र सम्बन्धित सङ्घ संस्थाबीच छलफल नगरी ल्याएको कार्यविधिले नेपालको पर्यटन क्षेत्रको विकास हुन नसक्ने भन्दै यसलाई तत्काल फिर्ता लिन माग गर्नुभयो । नाट्टाले पर्यटकीय हिसाबले विदेश भ्रमणमा जान चाहने सबै नेपाली पर्यटक र भ्रमण व्यवस्थापन गर्ने ट्राभल्स एजेन्सी गैरकानुनी उद्देश्यबाट प्रेरित हुन्छन् भन्ने भाव झल्कने गरी ल्याइएको कार्यविधि अगाडि नबढाउन सरकारलाई आग्रह गरेको छ ।