९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश सभा बैठक साढे ३ बजे सम्मका लागि स्थगित, मुख्यमन्त्री केसीले विश्वासको मत लिने



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेश सभामा विपक्षी एमालेले संसद् अवरुद्ध पारेपछि बैठक स्थगित भएको छ । 

मुख्यमन्त्री कुलप्रसाद केसीले आजै प्रदेश सभामा विश्वासको मत लिँदैछन्। 
 
संसद् सचिवालयले साढे २ बजे जारी गरेको कार्यसूचीअनुसार मुख्यमन्त्री केसीले वक्तव्यसहित प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्नेछन् । 

सो प्रस्तावमाथि छलफल भई छलफलका क्रममा उठेको प्रश्नको जवाफपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । 

दोस्रो बैठक सुरु भएर पनि सकिएको छ । अब अर्को बैठक आजै साढे ३ बजेसम्मको लागि स्थगित भएको छ ।

आधा घण्टाको लागि सभामुख पूर्णबहादुर घर्तीले बैठक स्थगित गरेका हुन् ।