काठमाडौं । राष्ट्रपति कार्यालय शितलनिवासमा विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेट भएको छ।
एमाले विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेपाललाई राष्ट्रपतिले शितल निवासमा बोलाएको विषयबारे खुलाइएको छैन । तर पार्टी एकताको सम्भावनाबारे राष्ट्रपतिले चासो राखेको स्रोतले बताएको छ ।











