३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दीपुरमा पर्यटन शाखा स्थापना



अ+ अ-

तनहुँ । पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा पर्यटन प्रवद्र्धनका लागि पर्यटन शाखा स्थापना गरिएको छ । बन्दीपुर गाउँपालिका कार्यालय तनहुँले आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन सहज बनाउन सो शाखा स्थापना गरेको हो ।

पर्यटन प्रवद्र्धनका लागि विभिन्न सङ्घसंस्थासँग हातेमालो गर्दै प्रचारप्रसारका कार्यलाई तीव्रताका साथ अघि बढाउने योजना सो शाखाले बनाएको छ । पालिकास्तरबाट पर्यटन क्षेत्रको विकासका लागि नियमित काम गर्नेगरी जनशक्तिसहित व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

पोखरा क्षेत्रका व्यवसायीसँग सहकार्य गरेर पोखरा घुम्न आएका पर्यटकलाई बन्दीपुर ल्याउने वातावरण सिर्जना गरी पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । गाउँपालिका कार्यालयले पर्यटन क्षेत्रको विकासका लागि सुरुमा रु २० लाख बजेट विनियोजन गरे पनि वडागत र पालिकास्तरमा विभिन्न शीर्षकअन्तर्गत बजेट विनियोजन गरेको छ ।

बन्दीपुर क्षेत्र पर्यटकीय गन्तव्यस्थल भएकाले परम्परागत निर्माण कार्यलाई प्राथमिकता दिइएको छ । आधुनिक घरले मौलिक घर विस्थापित गर्ने भएकाले अब निर्माण हुने नयाँ घरका लागि सहुलियत दरमा काठ खरिद गर्न व्यवस्था मिलाइएको गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले बताउनुभयो ।

बन्दीपुरमा पर्यटकको आगमन बढेसँगै परम्परागत शैलीका नयाँ घर बन्नेक्रम तीव्र बनेको छ । बन्दीपुरबाट धौलागिरिदेखि अन्नपूर्ण माछापुच्छे«, मनासलु, बुद्ध, हिमालदेखि पूर्वका गणेश हिमाल, लाङ्टाङ हिमशृङ्खलाका सयौँ चुचुरा सजिलै देख्न सकिन्छ ।

विभिन्न जातजातिको कला, संस्कृति, ढुङ्गा विछ्याइएका बाटो, विभिन्न मठमन्दिर, फराकिलो टुँडिखेल, शहीद पार्क, बाख्रा अनुसन्धान केन्द्र, रेशमखेती, प्याराग्लाइडिङ आदि यहाँका आकर्षक पक्ष हुन् । बन्दीपुरबाट आधा घण्टाको यात्रापश्चात् सिद्धगुफा अवलोकन, मस्र्याङ्दी नदीमा जलविहार, छाङ्दीमा क्यानोनिङ, चुनपहरामा चट्टान आरोहण र मनोरम दृश्यले पर्यटक लोभिने गर्दछन् ।

एकपटक बन्दीपुर आएका पर्यटक पटकपटक दोहो¥याएर आउने गरेको होटल व्यवसायी बताउँछन् । बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेसँगै होटल व्यवसायी उत्साहित भएका छन् । निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबुलकार र थ्रीस्टार होटलको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।