२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

पाल्हिनन्दन गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी

पाल्हिनन्दन गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी
अ अ+ अ-

बुटवल । दुई भारतीयलाई योजनाबद्धरुपमा लागुऔषध मुद्दामा फसाएको आरोपमा पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

प्रहरीको मिलेमतोमा साझेदारी व्यापारको एक करोडभन्दा बढी रकम हडप्न अध्यक्ष गुप्ताले ती भारतीयलाई लागुऔषध मुद्दामा फसाएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष गुप्ता हाल फरार छन् । यद्यपि सरकारी वकिलको कार्यालयले एक साताभित्र मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

सरकारी वकिलको कार्यालयका अनुसार अध्यक्ष गुप्ताकै योजनामा ती भारतीय नागरिकलाई नक्कली मुद्दा चलाउन खोजेको पुष्टि भइसकेको छ । गुप्ताका सहयोगी पूर्व नगरप्रहरी रघुनाथ धोबी पक्राउ परिसकेका छन् र उनकै बयान र अन्य प्रमाणका आधारमा घटनामा गुप्ताको संलग्नता पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीको टोलीले गत असार २२ गते रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुबाट दुई सय ७० सेट डाइजेपाम, नुरर्फिन र फेनार्गन लागुऔषध बरामद गरेको थियो ।

यद्यपि छानबिनका क्रममा उनीहरु निर्दोष देखिएका थिए । घटनालाई बनावटी बनाइएको प्रहरीले फेला पारेको थियो । ती निर्दोष भारतीय नागरिक दुई महिनादेखि प्रहरी हिरासतमा छन् ।

अनुसन्धानपछि सरकारी वकिल कार्यालयले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजायको मागदाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

थुनामा रहनुअघि ती दुई भारतीय नागरिकले अध्यक्ष गुप्तासँग कवाड सामानको कारोबार गर्दै आएका थिए । कारोबारबाट भएको नाफाको २० प्रतिशत रामा गुप्तालाई दिनुपर्नेमा अध्यक्ष गुप्ताले आलटाल गर्दै आएका थिए । अध्यक्ष गुप्ताबाट रामाले एक करोड ३३ लाख पाउनुपर्ने थियो ।

अध्यक्ष गुप्ताले सोही रकम नदिन र हडप्नका लागि आर्थिक चलखेल गरेर प्रहरीसँगको मिलेमतोमा रामालाई लागुऔषध मुद्दामा फसाएका थिए । अध्यक्ष गुप्ताले यसका लागि नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेललाई समेत प्रभावमा पारेका थिए ।

थुनामा रहेका रामा र पासवान निर्दोष रहेको र उनीहरुलाई तत्काल रिहा गर्न भन्दै उनीहरुका परिवार, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नवलपरासीले आन्दोलन समेत गरेका थिए । उनीहरुले अध्यक्ष गुप्तालाई तत्काल पक्राउ गरी छानबिन गर्न माग समेत गरेका थिए ।

अध्यक्ष गुप्ता स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट विजयी भएका थिए । उनीसँग रामाले रामाले १२ वर्षदेखि कवाड कारोबार गर्दै आएका थिए ।