१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

बागलुङमा सयौँ रोपनी खेतसहित धानबाली सखाप, बस्ती नै पहिराको उच्च जोखिममा

बागलुङमा सयौँ रोपनी खेतसहित धानबाली सखाप, बस्ती नै पहिराको उच्च जोखिममा
file
अ अ+ अ-

बागलुङ । निरन्तर वर्षाका कारण गलकोट नगरपालिका–२ को घामपानी बस्तीका सातघर पहिराको उच्च जोखिममा परेको छ ।

गलकोट–२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले यहाँ रहेका सात घर पहिराको जोखिमा रहेको जनाउँदै ती घरका परिवारहरुलाई सुरक्षित स्थानमा सार्न माग गर्नुभयो । “निरन्तर वर्षाका कारण यहाँको घामपानी बस्ती पहिरोको जोखिममा छ, यहाँ सात घर परिवार बस्दै आएका छन्, उनीहरुलाई सुरक्षित स्थानमा बस्न लगाएका छौँ, अझै ठूलो वर्षा भयो भने यहाँको बस्ती पहिराले बगाउन सक्ने देखन्छ, बस्ती पहिराको बीचमा रहेको हुँदा पानी पर्दा यहाँ बस्न निकै जोखिमपूर्ण छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार वर्षाका कारण वडा कार्यालयदेखि गाउँ–गाउँसम्म पुग्ने ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक खुलाउन अझै केही समय लाग्ने जनाइएको छ ।

अध्यक्ष भण्डारीका अनुसार वडा नम्बर २ कै खालीखोलामा पहिरोसहितको बाढीले सयौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । गए राति आएको पहिरोसहितको बाढीले दुई यस रोपनी धानबाली लगाएको खेत पुरिएको हो ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको भ्यूटावर क्षेत्रमा सडकको नाली थुनिएपछि भीषण पहिरोसहित आएको बाढीले स्थानीय कृषकको धानबाली लगाएको खेत पुरिएको जनाइएको छ । दबाढीले धानबालीसहित सयौँ रोपनी खेत पुरिँदा करोड बढीको नोक्सानी भएको अध्यक्ष भण्डारीले बताउनुभयो । “किसानले लगाएको धान भर्खर सप्रिन थालेको थियो, पहिराले सबै पुरिदियो, पहिरोले खेत र धानबाली पुरिँदा करोडौँ रुपैयाँको नोक्सानी भएको छ”, उहाँले भन्नुभयो, “लोकमार्गको भ्यूटावर नेर नाली सबै बन्द भएको छ, माथिबाट आएको भल सबै खेतमा आयो र पहिरो पनि ठूलो आयो त्यसले गर्दा यति धेरै नोक्सानी भयो ।”

स्थानीय प्रेमबहादुर भण्डारीले बाढीले पसाउन लागेको धानसहित खेत पुरेपछि आफ्नो लाखौँको सम्पत्ति बगरमा परिणत भएको गुनासो गर्नुभयो । उहाँको चार रोपनी खेत पहिराले बगाएको छ । “मेरो भएको खेत यति हो, अब त मैले गरी खाने ठाउँनै सकियो, अब कहाँ खेती गर्ने, के खाने ?, धेरै खर्च गरेर धान रोपे, धान भर्खर पसाउन लागेको थियो, सबै बगायो”, उहाँले भन्नुभयो, “धानको खेत एउटा पनि बाँकी छैन सबै पहिरो पसेको छ, धानसमेत बगायो, मेरो त एक वर्षभरिको खाद्यान्न बगायो ।” उहाँले सरकारले तटबन्धन गरी दिए अर्को सालदेखि खेती गर्न सकिने बताउनुभयो ।

लोकमार्गबाट बग्ने पानी तर्काउने र माथिबाट बग्ने भल व्यवस्थापन गर्नसके क्षती कमगर्न सकिने जनाइएको छ । “सरकारले हाम्रो लागि तटबन्धन गरी दिए अर्को साल खेती गर्ने गरी यो ठाउँलाई बनाउन सकिन्थ्यो, माथिबाट आउने भललाई नियन्त्रण गर्न र तटबन्धनका लागि थोरै भए पनि सरकारले हामीलाई सहयोग गरोस्”, उहाँले भन्नुभयो ।

अर्का स्थानीय यामबहादुर भण्डारीको तीन रोपनी खेत पुरिएको छ । उहाँले लोकमार्गबाट आउने भल व्यवस्थापन नहुँदा ठूलो क्षति व्यहोर्नुपरेको जानकारीदिनुभयो । गलकोट नगर प्रमुख भरत शर्मा गैरेले बाढीपीडिले तटबन्धनको माग गरेको जनाउँदै नगरपालिकाले त्यसको व्यवस्थापन गर्ने जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “लोकमार्गबाट बगेर आएको पानीले यति ठूलो क्षति पु¥याएको छ, पीडितले ग्याबिन निर्माण गर्न माग गर्नुभएको छ, हामीले यसतर्फ ध्यान दिएका छौँ पानी रोकियो भने काम अगाडिबढाउने छौँ ।”